जिल्ला प्रशासन बर्दियाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई जमुनीमा सम्पन्न
प्रकासन मिति फाल्गुन ३०
जिल्ला बिकास समिति, जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय बर्दियाको आइतबार दोस्रो चौमासिक सार्वजनिक सुनुवाई जमुनीमा सम्पन्न भएको छ । स्थानिय बिकास अधिकारी तेजराज शर्माको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा रहनु भएको थियो भने कार्यक्रममा महिला बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेत, बिभिन्न राजनितिक पाटीका प्रतिनिधी, स्थानिय लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्थानिय बिकास समितिको स्थानिय बिकास अधिकारी तेजराज शर्मा, जिल्ला प्रशासनको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा र महिला बालबालिका कार्यालयको कार्यालय प्रमुख गिरा बस्नेतले आआफनो कार्यालयको चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनमाथि सर्वसाधारणहरुले राखेका जिज्ञासाहरुको सम्बन्धी कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा जमुनी गाँउ बिकास समितिका सचिव मोनहन प्रसाद लम्सालले सहभागीहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses