जलबायु परिबर्तन र दिगो बन ब्यबस्थापन सवालमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न

प्रकासन मिति फाल्गुन ३०
बर्दियामा जलबायु परिबर्तन तथा रेडप्लस सूचना मेला एवं रेडप्लस र दिगो बन ब्यबस्थापन सवालमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय सचिवालयको आयोजना, जनता र बनका लागि केन्द्रको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाको ब्यबस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष गणेश कार्की, सचिव बृषबहादुर शाही, बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा लगायतले जयबायु परिबर्तन र रेडप्लसका बारेमा बोलेका थिए ।

बुढेसकालको बिहे भिडियो मा हेर्नुहोस

बक्ताहरुले बनबिनासका कारण जलबायु परिबर्तन हुँदै गएको र मानिसहरुले विभिन्न प्राकृतिक प्रकोपहरु खेप्दै जानु पर्ने अबस्था आएको बताएका थिए । बक्ताहरुले यस्तो समस्याबाट बच्न बनजंगल संरक्षण गर्न अपरिहार्य भएको बताएका थिए । सामुदायिक बन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष कमला ज्ञवालीको सभातित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहमद कर खाँन, जुविधा खातुन लगायतको उपस्थिति रहेको थियो ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News