प्रेममा परेका युवतीहरूले झेल्नैपर्ने निकै कठिन चुनौती तथा समस्याहरु
उमेर बढेसँगै स्त्रीहरुको जिन्दगीमा
विभिन्न खाले परिवर्तन आउन थाल्दछन् । शारीरिक तथा सामाजिक रुपले उनीहरुको
जिवन पूर्ण रुपमा परिवर्तन हुन्छ ।
तर एक ठूलो परिवर्तन तब आउँछ जब उनीहरुको
जिन्दगीमा कुनै पुरुषले प्रवेश पाउँदछ । त्यसपछि उनीहरु आफ्नो जिवनलाई नै
नयाँ तरिकाबाट हेर्न थाल्दछन् र सँगसँगै उनीहरुले विभिन्न खाले कठीन
चुनौतिहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।
खासगरी जब केटीहरु स्कुल तथा कलेजमा
पढिरहेका हुन्छन् र कुनै केटासँग प्रेम सम्बन्धमा रहन्छन् त्यस अवस्थामा
उनीहरुको अगाडि पटक पटक निकै कठीन चुनौति तथा समस्याहरु आइरहन्छन् । महिला
मित्रहरु सायद तपाइँहरुले पनि यस्ता केही संघर्षको सामना गर्नुभएको होला नै
।
जब तपाइँ कुनै केटासँग डेटमा हुनुहुन्छ
भने तपाइँको मोबाइल फोन आफ्नो लाइफलाइन बनिसकेको हुन्छ । त्यसअघि सायद
तपाइँले आफ्नो मोबाइल फोनलाई बेपरवाह भएर जहीँ तहीँ घरमा फ्याल्नुहुन्थ्यो
भने अब चाहीँ आफ्नो साथबाट छुटाउनु नै हुँदैन ।
अरु त के ट्वाइलेट जाँदा पनि मोबाइल
छाड्ने भन्ने कुरा आउँदैन । तर कुनै दिन तपाइँले कथन कदाचित घरमा कतै
मोबाइल छाड्नुभयो र तपाइँको मोबाइलमा आएका म्यासेजहरु तपाइँको आमा, बुवा वा
घरका अन्य सदस्यले हेरेर तपाइँको प्रेम सम्बन्धको पोल खुल्यो भने ।
साँच्ची यो निकै ठूलो समस्याको क्षण बन्दछ ।
तपाइँको ब्वायफ्रेण्डले कतै डेटिंगमा गएर
फर्किँदा तपाइँको घर भन्दा केही टाढाको गल्लीसम्म बाइकमा ल्याएर तपाइँलाई
छाडिदिन्छ । आफु कुनै केटाको बाइकमा चढेर आएको कुराको पत्तो कसैलाई नहोस्
भन्नका लागि तपाइँ घरबाट अलिक टाढै नै बाइकबाट ओर्लिनुहुन्छ । तर कुनैदिन
तपाइँलाई बाइकबाट ओर्लिने क्रममा घरको कुनै सदस्यले देख्यो भने । यो पनि
समस्याकै कुरा हुन्छ ।
तपाइँले आफ्नो ब्वायफ्रेण्डको फोन नम्बर
आफ्नो मोबाइलमा सेभ गर्दा कुनै आफ्नो घनिष्ठ साथीको नाम राखेर गर्नुहुन्छ
होला । बारम्बार फोन आउँदा घरपरिवारलाई शंका नहोस् भन्नका लागि लगाउने
यस्तो जुक्ति पनि चुनौतिपूर्ण नै हुन्छ ।
तपाइँको ब्वायफ्रेण्डले तपाइँले आफ्नो
ग्रुपसँग घुमाउन लैजान चाहेको हुन्छ तर तपाइँको आमाले तपाइँलाई घुम्न जान
अनुमति दिनुहुँदैन । त्यो समूहमा धेरै केटा छन् त्यसैले नजाउ भन्ने आमाको
निर्देशन हुन्छ । यस्तो अवस्थाको सामना गर्नुपनि निकै चुनौतिपूर्ण नै हुन्छ
।
होस्टेलमा बस्ने वा बाहिरै कोठा खोजेर
बस्ने युवतीहरु प्रायः अलिक स्वतन्त्र हुन्छन् र आफ्नो ब्वायफ्रेण्डसँग
बारम्बार घुमघाम गर्न निस्किन पाउँछन् । तर घरमा सबै परिवारसँग बस्ने
केटीहरुका लागि भने यो कुरा निकै समस्याको विषय बन्दछ । उनीहरुलाई रातमा
हिँड्ने अनुमति हुँदैन ।
कहिलेकाहीँ तपाइँ आफ्नै ब्वायफ्रेण्डले
गरेको कल उठाउनुहुन्छ, तर फोन गर्ने मानिसलाई झपार्दै वा गलत नम्बर पर्यो
भन्दै फोन राखिदिनुहुन्छ । तपाइँको ब्वायफ्रेण्डको बारेमा अभिभावकलाई पत्तो
नहोस् भन्नका लागि तपाइँले लगाउने यस्तो जुक्तिको परिणाम नकारात्मक पनि
हुनसक्छ, तर तपाइँले चुनौति मोल्नैपर्ने हुन्छ ।
घरमा ब्वायफ्रेण्डको फोन आउँदा त
कहिलेकाहीँ तपाइँ कुनै केटीसँग कुराकानी गरिरहेको जस्तै गरी बोल्नुहुन्छ
होला । यसो गर्दा तपाइँको परिवारका सदस्यलाई तपाइँले केटासँग कुरा गरिरहेको
पत्तो नहोस् भन्ने अभिष्ट तपाइँको हुन्छ ।
आफ्नो ब्वायफ्रेण्डलाई कुनै केटी बनाएर
केटीलाई जस्तै सम्बोधन गरी बोल्नु पनि चुनौतिपूर्ण नै हुन्छ । यसरी
बोलिरहँदा कहिलेकाहीँ फोनको स्पिकर लाउड भएर आवाज बाहिर सुनियो र पोल
खुल्यो भने के गर्ने ?
कहिलेकाहीँ प्रेमीसँग रातमा कुराकानी
गर्नका लागि तपाइँले परिवारसँग सँगै खाना नखाएर आफ्नो कोठामै खाना लगेर
खानुपर्ने अवस्था पनि आएकै होला ।
तपाइँ कहिलेकाहीँ आफ्नो ब्वायफ्रेण्डसँग
घुम्न निस्किएको बेलामा आफ्नो मिल्ने केटी साथीलाई अह्राउनुभएको हुन्छ झुटो
बोल्ने कुरा । यदि आमाले फोन गरेमा साथी म सँग छ भनेर ढाँट्नका लागि । यदि
कुनै बेला साथीले सहीँ कुरो बोलिदियो भने त वित्यासै पर्छ कि कसो ?
0 comments
Write Down Your Responses