बढि कमाई हुने पत्नीहरूका कारण पतिलाई हुनसक्छ यस्तो धोका
एक नयाँ अध्ययनले महिलाहरुलाई सचेत
बनाइदिएको छ । अध्ययन अनुसार कामकाजी महिलाहरुले आफ्नो श्रीमानका गतिविधिमा
निगरानी राख्नु अत्यावश्यक हुन्छ । किनकी कामकाजी महिलाहरुका लोग्नेहरुले
आफ्नी श्रीमतीलाई धोका दिने खतरा बढि हुन्छ ।
कामकाजी महिलाहरुका श्रीमानले श्रीमतीलाई
चिटिङ गर्ने सम्भावना बढि हुने तथ्य अध्ययनबाट खुलासा भएको छ । कामकाजी
श्रीमतीहरुलाई मानसिक तनाव दिनका लागि पुरुषहरुले यस्तो धोकाधडीको बाटो
रोज्ने गरेको पनि खुलासा भएको छ ।
खासगरी श्रीमती कमाउने तर श्रीमानको चाहीँ
कामधन्दा नभएको वा बेरोजगार भएको अवस्थामा त्यस्ता पुरुषहरुमा
परस्त्रीगमनको सम्भावना बढि हुने शोधकर्ताहरु बताउँछन् । त्यस्तै दुबैजनाले
नै जागिर गर्ने भएपनि आफ्नो भन्दा श्रीमतीको कमाइ बढि भएका पुरुषहरु पनि
यस्तो धोकाधडीको बाटोमा बढि लाग्ने गरेको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार जिवन निर्वाहका लागि
पतिको आयमा निर्भर महिलाहरु पर पुरुषसँग सल्किने सम्भावना पाँच प्रतिशत
मात्र हुन्छ भने आर्थिक रुपले श्रीमतीमा निर्भर पुरुषहरु परस्त्रीसँग
सल्किने जोखिम १५ प्रतिशत हुने गरेको छ ।
खासगरी पुरुषहरु आफ्नी श्रीमतीको कमाइ बढि
हुँदा आत्मग्लानी बोध गर्दछन् र पत्नीसँग दूरी कायम गर्दछन् अनि
परस्त्रीसँग सम्बन्ध कायम गरी श्रीमतीलाई मानसिक रुपमा यातना दिएर साइजमा
ल्याउने कोसिस गर्दछन् ।
तर आफ्नो घरको कुल आम्दानीको ७० प्रतिशत
योगदान गर्ने पुरुषहरुमा भने श्रीमतीलाई धोका दिने र परस्त्रीसँग लहसिने
जोखिम कम भएको देखिएको छ ।
यस सम्बन्धी शोध रिपोर्ट अमेरिकन सोसियोलोजिकल जर्नलमा प्रकाशित भएको छ ।
0 comments
Write Down Your Responses