अफगानिस्तानका सरकारी कार्यालयमा तालिबानको आक्रमण, राष्ट्रपति घानीद्वारा वार्ताका लागि आग्रह
लस्कर गाह ९अफगानिस्तान०, २६ फागुन ( अफगानिस्तानको दक्षिणी भूभागमा अवस्थित गेरस जिल्लाका केही सरकारी कार्यालयमा बुधबार बिहान तालिबानले आक्रमण गरेको समाचार छ ।
सो आक्रमणमा ठूलो सङ्ख्याका नागरिक हताहत भएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।
अज्ञात सङ्ख्यामा आएका तालिबानहरुले उक्त जिल्लाको जिल्ला प्रशासन कार्यालय र त्यसको नजिकै रहेको प्रहरी पोष्टमा पनि शक्तिशाली आक्रमण गरेको जनाइएको छ ।
एकजना सुरक्षा अधिकारीले बताएअनुसार सो जिल्लाको प्रशासन कार्यालयमा ती आक्रमणकारीले अन्धाधुन्ध गोली हानेका थिए ।
त्यसको जवाफमा प्रहरी र सेनाले पनि प्रत्याक्रमण गरेको थियो । उक्त आक्रमणमा परी सुरक्षा निकायतर्फपनि हताहत भएको अनुमान गरिएको छ ।
उक्त जिल्लाका गभर्नर मोहम्मद सराफले भन्नुभयो– आक्रमणमा परी ठूलो सङ्ख्याका व्यक्ति मारिएको अनुमान गरिएको छ तर यकिन तथ्याङ्क आउन बाँकी नै छ ।
सो जिल्ला प्रशासन कार्यालयमा यसअघि पनि तालिबानले हमला गरेका थिए । उक्त हमलामा परी कैयौं प्रहरी र केही कर्मचारीको पनि ज्यान गएको थियो ।
यसैबीच प्राप्त अर्को एक समाचारमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले अफगानिस्तानमा बिगतको दशकदेखि हिंसा मच्चाएका तालिबानलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
हालै उहाँले तालिबानहरुलाई शान्ति प्रक्रियामा लाग्न आग्रह गर्नुभएको हो । हाल अफगानिस्तानमा शान्तिका लागि पहल भइरहेको छ । यसै क्रममा राष्ट्रपति घानीले तालिवानहरुलाई शान्तिका लागि पहल गर्न र देशले गरिरहेको शान्तिको अभियानमा समर्थन गर्न आग्रह गर्नुभएको जनाइएको छ ।
उहाँले भन्नुभयो– अफगानिस्तानमा अरु जु्नसुकै अतिवादीहरुले हिंसा मच्चाउने गरेको भएपनि अबका दिनमा तालिवानहरुले अफगानिस्तानका नागरिकसँगको सम्बन्ध र माया देखाउनु आवश्यक छ ।
गत फेब्रुअरी २३ मा पाकिस्तान, अफगानिस्तान, चीन र अमेरिका बीच अफगानिस्तानमा शान्ति स्थापनाका लागि वार्ता भएको थियो ।
उनीहरुले यस भेटवार्ताका क्रममा अफगानिस्तानमा शान्ति स्थापनाका लागि पहल थाल्ने जनाएका हुन् ।
सोही शान्ति प्रक्रियामा सहयोग गर्न र चार देशको अभियानमा तालिवानहरुले पनि सहयोग पु¥याउने अपेक्षा अफगान जनताले गरेका राष्ट्रपति घानीले जानकारी दिनुभएको हो ।
अफगानिस्तानमा यसअघि पनि पटक पटक गरिएका शान्ति वार्ताका प्रयासहरु सफल हुन भने सकेका छ्रैनन् ।
सन् २००१ देखि अफगानिस्तानमा तालिवान सरकार अपदस्थ भएर अमेरिकी सहयोगको सरकार गठन भएपछि तालिबानहरुले हिंसा मच्चाइरहेका छन् । राससरएपी
0 comments
Write Down Your Responses