चिनियाँ जोडीले चाहेजति सन्तान जन्माउन दिने योजना छैन: चीन

बेइजिङ ९चीन०, २६ फागुन ( चिनियाँ जोडीले चाहेजति सन्तान जन्माउन दिने कानुन बनाउने सरकारको योजना तत्कालै नभएको चीनका स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् ।

चीनले एक बच्चा नीतिमा परिवर्तन गर्दै सन् २०१६ को जनवरी १६ देखि एक जोडीले दुई सन्तान जन्माउन चाहेमा यसलाई कानुनी रुपमा कुनै व्यवधान सिर्जना नगरिने गरी व्यवस्था गरेको छ ।

यसअघि चीनको शहरी इलाकामा बसोबास गर्ने हरेक जोडीले एक बच्चाभन्दा बढी बच्चा जन्माउन नपाउने ब्यबस्था गर्दै आइको थियो ।

पछिल्लो समय चीनको एक बच्चा नीतिका कारण यहाँको जनसङ्ख्यामा अनपेक्षित रुपमा कमी हुन थालेपछि दीर्घकालीन असरबारे विचार गर्दै दुई बच्चा जन्माउन पाउने कानुनको व्यवस्था गरेको हो ।

गएको वर्षको अन्त्यसम्म चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड ५० लाख पुगेको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका निर्देशक ली बिनले बताउनुभयो ।

हामीले परिवार नियोजन नीतिमा परिवर्तन गर्ने कुनै विशेष समयतालिकाबारे सोचिसकेका छैनौँ, लीले चीनको संसदको वार्षिक बैठकका अवसरमा गरिएको पत्रकार सम्मेलनका क्रममा बताउनुभयो । राससरएपी

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News