नयाँ शक्तिका नेतालाई भ्रष्टाचारको आरोप लागे निलम्बन गरिने ।।
चैत्र १६/बांके
नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति देशमा सुशासन र सदाचारको अभियानमा लागेको वताउनु भएको छ । कोहलपुरमा आज भएको अन्तरकृया कार्यक्रममा भट्टराईले नयाँ शक्तिका नेताहरुलाई भ्रष्टाचारको आरोप लाग्नेवित्तिकै निलम्बन गर्ने चेतावनी दिनुभयो ।

नयाँ शक्तिका नेताहरु सबैको छिट्टै सम्पत्ती विवरण सार्वजनिक गर्ने उहांले वताउनुभयो । नयाँ शक्तिले वर्षको २ पटक मात्रै चन्दा उठाउने भट्टराईको भनाई छ बैशाख १ देखि १५ र कार्तिक १ देखि १५ गतेसम्म मात्रै चन्दा उठाइने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आर्थिक पाटो पारदर्शी बनाउन दश हजारदेखि माथि चेकमार्फत सहयोग लिने जानाकारी दिनुभयो । अर्को एक प्रशंगमा भट्टराईले आफूलाई गरिब देशको प्रधानमन्त्री भएर आर्यघाट जान मन नभएको वताउनु भयो । नयाँ शक्ति नेतृत्वमा आएको दशवर्षभित्र गरिबी र बेरोजगारी अन्त्य हुने दावी उहाँको छ ।
0 comments
Write Down Your Responses