पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति प्रधानमन्त्रीको असन्तुष्टि ।।

चैत्र १६

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै पुनर्निर्माण अभियानमा तीव्रता दिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी
गोष्ठीको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको हो । जनताले सोचेजस्तो गरी अघि नबढेको जनाउँदै, तीव्र गतिमा काम गर्न उहाँले निर्देशन दिनुभयो । कुनै पनि काममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइने जानकारीदिदै पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा आफूलाई पत्यार नलाग्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिनुभयो । गत माघ २ बाट सुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आपूmले प्रगति नदेखेकोभन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News