सानै उमेरमा गर्भवती हुन्छन् किशोरी ।

चैत्र १७

किशोरी अवस्थामै गर्भवती हुने महिलाहरुको सख्या कैलालीमा उच्च रहेको पाइएको छ । प्रजनन अङगहरुको पूर्ण रुपमा विकाश नहुने भएकाले २० वर्ष भन्दा माथिको उमेरमा मात्रै विवाह गर्न र बच्चा जन्माउनुपर्ने भए पनि १५ देखि २० वर्षकै उमेरमा बच्चा जन्माउने महिलाहरुको संख्या उच्च रहेको पाईएको हो । जिल्ला जनस्वाथ्य कार्यालय कैलालीको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङक अनुसार कैलालीमा गर्भवती महिलाको

सख्यामध्ये २१ प्रतिशत किशोरीको सख्या रहेको छ । कुल ७ हजार ४ सय ६९ गर्भवती महिलाको सख्यामध्ये १ हजार ८ सय ७१, १५ देखि २० वर्षका किशारीहरुको रहेको जनस्वाथ्यका तथ्याङक अधिकृत मोहन देव भट्टले बताउनुभयो

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News