नेपालगन्ज – दाङस्थित तुलसी माविका एक प्रधानाध्यापक भिष्म केसी माध्यमिक तहका स्थायी शिक्षक हुन् । एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका ९२०६८० अनुसार उनी उक्त विद्यालयमा तोकिएको एसएलसी परीक्षाकेन्द्रका निर्विकल्प केन्दाध्यक्ष हुन् ।
यद्यपि, उनले म केन्द्राध्यक्ष बस्दिनँ’ भनेर हात उठाए । सोही विद्यालयमा कार्यरत मावि तहका अन्य शिक्षकले पनि केन्द्राध्यक्ष बस्नै मानेनन् ।
केन्द्राध्यक्षका लागि हानथाप भइरहेका बेला केसी र उनको विद्यालयका शिक्षकले रहरले उक्त जिम्मेवारी अस्वीकार गरेका भने होइनन्, जस्तोसुकै मूल्य चुकाएर पनि परीक्षा मर्यादित बनाइछाड्ने केसीको स्वभावबाट परिचित शिक्षक संगठनका नेताले उनलाई केन्द्राध्यक्ष नराख्न जिल्ला शिक्षा कार्यालयमा चर्को दबाब दिइसकेका थिए ।
जिशिकाले त्यो दबाब केसी र उनका सहकर्मीमाथि लाद्यो । फलस्वरुप उनीहरुले अनिच्छा देखाउँदै अर्को विद्यालयमा कार्यरत शिक्षकलाई केन्द्राध्यक्ष भएर आउने बाटो छाडिदिए ।
राजनीतिक दल आबद्ध शिक्षक संघसंगठनका नेताले केसीलाई केन्द्राध्यक्ष हुनबाट रोक्नुको प्रमुख कारण तुलसी उमावि केन्द्रमा परीक्षा खुकुले हुने वातावरण मिलाउनु हमो । अर्को कारण हो – आफूनिकट शिक्षकलाई केन्द्राध्यक्ष बनाएर गुन लगाउनु ।
केन्द्राध्यक्षमा भागबन्डा गर्न चार वर्षअघि नै निर्देशिका आए पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसले निरन्तरता पाइरहनुमा मुख्य कारण यिनै हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
एसएलसीमा चर्को राजनीति
हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.
0 comments
Write Down Your Responses