संविधान लागु गर्न बौद्धिक आन्दोलनकोको खाँचो :शिक्षामन्त्री
सन्तोष पौडेल ,बर्दिया,२३ फागुन
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नयाँ संविधान कार्यान्वयनका लागि बौद्धिक आन्दोलनको आवश्यकता भएको बताउनु भएको छ ।
नयाँ संविधानलाई गाउँतहसम्म पु¥याउन आवश्यक रहेको धारणा राख्दै उहाँले त्यसको लागि बौद्धिक आन्दोलनको आवश्यकता रहेकोको बताउनुभयो ।
‘देशलाई अब परिवर्तन गर्नु जरुरी छ, संविधान बनेको छ, यही संविधानको जगमा उभिएर देशमा परिवर्तन ल्याउन ब्यापक बौद्धिक आन्दो लनको खाँचो पर्छ’– उहाँले भन्नुभयो ‘बौद्धिक आन्दोलनलाई सफल बनाउन गाउँ समुदायमा खोलिएका पुस्तकालय नै स्रोत बन्ने छन ।
’ बर्दियामा कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले देशलाई नयाँ दिशामा लैजान संविधानको कार्यान्वयनअनिवार्य रहेको बताउनुभयो । स्वाधीन र समृद्ध राष्ट्र बनाउने संविधानको मुख्य लक्ष रहेको उहाँको भनाइ थियो । शिक्षा मन्त्रालयले नयाँ संविधान अनुसार शैक्षिक निर्देशिका, ऐन नियमहरु निर्माण गर्न थालेको जानकारी दिदै राष्ट्रिय पुस्तक नीति निर्माणको चरणमा रहेको बताउनुभयो ।







0 comments
Write Down Your Responses