बर्दियामा १०६ औँ महिला श्रमिक दिवस भब्य रुपले मनाइयो,फोटो फीचर सहित

क्षितिज पौडेल
फाल्गुन २५,बर्दिया
व्यबस्थापिका संसदका सदस्य निर्मल प्रकास सुवेदीले हरेक निर्णायक आन्दोलनमा महिलाहरुको ठुलो हात हुने भएकोले नेपालमा महिला हक अधिकारको सुरक्षित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
 त्रिभुवन सामुदायिक पुस्तकालय ककौराले मङ्गलबार १०६ औँ महिला श्रमिक दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सुबेदीले यस्तो बताउनु भएको हो ।
 
 “न्याय लंैगिक समानताको पाईला हारहारी सन २०३० सम्म हिसा बराबरी”भन्ने नारा सहित भएको कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएको उहाले महिलाहरुको ठुलो संघर्षले यो दिन आएकोमा जोड दिदै महिला धर्ति शक्तिको रुपमा रहेको समेत बताउनु भयो । 
उहाले भन्नुभयो समानता र अधिकारको लागी महिलाहरुको ठुलो प्रयास जारी रहेकोले यसलाई सफल पार्न हामि सबैले सहयोग गर्नुर्पछ अनि बल्ल महिला अधिकार ब्यबहारमा लागुहुन्छ । कार्यक्रमको बिशेष अथितिको आसनबाट बोल्दै नयाँ कृषि अभियान कृषि सहकारी संस्थाकी केन्द्रीय सदस्य जालपा भुषालले कार्यक्रममा अन्तराष्ट्रिय महिला श्रमीक दिवसको बारेमा बताउदै संबिधानमा महिलाहरुको हक अधिकार उल्लेख भएता पनि कार्यान्वयनमा भने कमी भएको जानकारी गराउनु भयो ।
 उहाले भन्नु भयो घरेलु हिंसा अन्त्य अझै भएको छैन महिला माथि हुने हिंसा पनि घरबाटै सुरु भईरहेको छ र नारीहरुमा पनि व्यवहारीक ज्ञानको कमी भईरहेको छ । 
त्रिभुवन सामुदायिक पुस्तकालय ककौराकी गायत्री अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न राजनितिक दल, महिला लगायतकको सहभागीता रहेको थियो । त्यस्तै अन्तराष्टिय महिला दिवसको अबसर पारेर साबिक डेउडाकला गाबिसमा थारु महिला उत्थान केन्द्र र जनजागरण महिला सँघको संयुक्त आयोजनामा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
 बिजेता महिलाहरुलाई कार्यक्रममा पुरुस्कार समेत प्रदान गरिएको सहकर्मी क्षितिज पौडेलले जानकारी दिनु भयो । त्यस्तै नारी दिवसकै अबसरमा ऊँ केदारेश्वर धाममा भएको कार्यक्रममा बृद महिलाहरुलाई समान गरिएको छ । समान कार्यक्रममा व्यवस्थापिका संसद सदस्य श्याम ढकाल, बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, मोतिपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्रकुमार थापा, राजनितिक व्यक्तित्वहरु, महिला लगायतको सहभागीता रहेको थियो । 
कार्यक्रम ऊँ केदारेश्वर धामका अध्यक्ष लिलाधर शर्माको सभापतित्वमा भएको थियो । त्यस्तै अन्तराष्टि महिला दिवसको अबसरमा मैनापोखर, महमतपुर, धधवार, सानोश्री,ताराताल, पाताभार, गुलरिया लगायत स्थानम यो दिवस मनाईएको छ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News