बर्दियाको बाँसगढीमा रहेको ऊँ केदारेश्वर धामको धार्मिक महायज्ञ मङ्गलबार समापन,तस्बीर सहित
क्षितिज पौडेल
फाल्गुन २५,बाँसगढी
फाल्गुन २५,बाँसगढी
बाँसगढीमा रहेको ऊँ केदारेश्वर धाममा यहि फागुन १५ गते देखि सञ्चालन भएको धार्मिक महायज्ञ मङ्गलबार समापन गरिएको छ । ऊँ केदारेश्वर धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले केही सहयोग मिलोस भन्ने ध्येयका साथ महायज्ञ सञ्चालन गरिएको थियो ।
![]() |
महायज्ञको सभापन कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद सदस्य श्याम प्रसाद ढकालले ऊँ केदारेश्वर धामलाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न सरकारको ध्यानाकर्षणको लागी सधै तत्पर रहेकोमा जोड दिनु भयो ।
उहाले धामको लागी अहिले यो गर्छु उ गर्छु भनेर आश्वासन दिनु भन्दा पनि आफुले धेरै काम गरिसकेको र केही समयमै त्यो काम देखिने बताउनु भयो ।
बाँसगढी नगरपालीकाको हाउपुरमा निर्माणाधिन रहेको १ सय ८ फिट अग्लो केदारेश्वर जोर्तिलिङ्ग करिव ८० फिट निमार्ण भईसकेको छ । करिव १० करोडको लगानीमा ५ बर्ष भित्र धामको मुख्य संरचना निर्मार्ण गरिसक्ने लक्ष्य रहेकोमा ३ बर्ष बितिसकेको छ । केदारेश्वर धाम निमार्णको लागी प्रत्यक बर्ष महायज्ञ सञ्चालन गरिदै आएको छ ।
महायज्ञ सञ्चालन मुल समितिका संयोजक लिलाधर शर्माको सभापतित्वमा भएको समापन कार्यक्रममा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक चन्द्रकुमार थापा, बिभिन्न राजनितिक पाटीका प्रतिनिधीहरु, श्रद्दालु भत्तजनहरु लगायतको सहभागीता रहेको थियो । महायज्ञमा ६ भाषाका ज्ञाता पण्डित देबेन्द्र सुबेदीको मुखार बिन्द बाट भागवत कथा प्रवचन भएको थियो ।








0 comments
Write Down Your Responses