जिबिको पार्जन कृषि पद्धती छोडेर व्यबसायीकरण तर्फ लाग्नु पर्ने

फाल्गुन २६
व्यवस्थापिका संसद सदस्य निर्मल प्रकास सुबेदीले जिबिको पार्जन कृषि पद्धती छोडेर व्यबसायीकरण तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भएको छ । नयाँ कृषि अभियान कृषि सहकारी संस्था लि. बर्दिया शाखाको प्रथम साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सुबेदीले यस्तो बताउनु भएको हो । 

 बाँसगढि नगरपालिका ६ ककौरामा सम्पन्न साधारण सभामा उहाले सहकारी तर्फ राज्यको ध्यान प्रभावकारी नभइ रहदा पनि स्थानिय जनता स्वस्फुर्त तवरले लागी परेकोले बर्तमान अबस्थामा सरकारको पुर्ण ध्यान सहकारी तर्फ रहेको जानकारी गराउनु भयो । उहाले भन्नु भयो अन्तराष्ट्रिय सहकारी  महासँघले सहकारीका सात सिद्दान्त प्रतिपादन पछि सुरु भएका सहकारीहरु यो अबस्थासम्म पुर्ण रुपले बिकास भईसकेका छन र तिनिहरुको धेरै अगाडि बढे । 

कार्यक्रममा बिषेश अतिथिको आसन बाट बोल्दै नयाँ कृषि अभियान सहकारी संस्था लि. की केन्द्रिय सदस्य जालपा भुषालले सहकारीको केन्द्रिय निर्णय, केन्द्रिय गतिबिधि लगायतको अबस्थाका बारेमा जानकारी गराउनु भयो उहाँले बर्दियाका सहकारी बिकासका लागि पुरा सहयोग गर्न लागि पर्ने बताउनु भयो । कार्यक्रमा सहकारी संस्था बर्दियाको आर्थिक बर्ष २०७१। ०७२ को बार्षिक बचत तर्फ १ लाख ५० हजार, प्रबेश शुल्क २ हजार, ऋणको व्याज ४० हजार र बिभिन्न शुल्क गरेर १० हजार गरी जम्मा जम्मी २ लाख २० हजार बराबरको आय व्यय कोषाध्यक्ष शारदा लम्सालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नयाँ कृषि अभियान कृषि सहकारी संस्था लि. बर्दिया शाखाका अध्यक्ष तुलप्रसाद गौतमको सभापतित्वमा भएको थियो ।




,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News