एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा अब प्रोफाइल भिडियो

सोसल नेटवर्किंग साइट फेसबुकले फेसबुकको एन्ड्रोइड एप प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर औपचारिक रुपमा सुरु गरेको छ ।
गत वर्ष परीक्षणका रुपमा फेसबुकले प्रोफाइल भिडियो फिचर सुरु गरेकोमा निकै कमले मात्र यसलाई प्रयोग गर्न पाएका थिए । अब भने फेसबुकले वृहत स्तरमा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर सुरु गरेको हो । छिटै सबैखाले प्रयोगकर्ताका लागि फेसबुकको यो सर्भिस रिलिज हुने बताइएको छ ।
यो फिचरमा फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल पिक्चरको ठाउँमा ७ सेकेण्डको एक भिडियो राख्न सक्दछन् । फेसबुकको प्रोफाइल भिडियो भाइन, ट्विटर तथा फेसबुक फिडको भिडियो जस्तै आवाज वीहिन हुन्छ र लूप मा प्ले हुन्छ ।
यदि तपाइँले उक्त भिडियोको आवाज सुन्न चाहनुभयो भने उक्त भिडियोमा गएर भोल्यूम अन गर्नुपर्नेछ ।
सुरुमा फेसबुकले यो फिचरलाई केवल आइओएसका लागि मात्र लञ्च गरेको थियो र निकै कम प्रयोगकर्ताका लागि मात्र ।
२०१५ को अन्त्यतिर एन्ड्रोइडका केही प्रयोगकर्ताका लागि पनि यो फिचर परीक्षण गर्ने मौका दिएको थियो । अब भने फेसबुक एक कदम अघि बढ्दै धेरै प्रयोगकर्तालाई यो फिचरको मज्जा लिने मौका दिँदैछ ।
फेसबुक प्रयोगकर्ताले तस्वीरको साटो भिडियोको माध्यमबाट आफुलाई बढि प्रभावशाली ढंगले प्रस्तुत गर्न सकून् भन्ने अभिप्रायका साथ फेसबुकले यो फिचर सुरु गरेको बताइएको छ ।
साथै इन्टरनेट प्रयोगकर्ताहरुको चाहना फोटो भन्दा भिडियो तर्फ ढल्किरहेको सन्दर्भमा त्यसालाई समेत क्यास गर्ने योजना फेसबुकको हो ।
के तपाइँले पनि आफ्नो फेसबुकमा प्रोफाइल भिडियो फिचर प्राप्त गरिसक्नुभयो रु यदि छैन भने पर्खिनुस् र तयार हुनुहोस् । छिटै फेसबुकले तपाइँलाई पनि यो सर्भिस उपलब्ध गराउनेछ ।
0 comments
Write Down Your Responses