नायिका करिस्मा मानन्धर भावविह्वल हुदै रोइन, किन?
काठमाडौँ । बौद्धिक अपाङ्गताअन्तर्गत
‘डाउन सिन्ड्रोम’ भएका बालबालिका रङ्गीचङ्गी कपडा लगाएर मञ्चमा नाच्दा
उनीहरुको नृत्य हेर्न पुगेका दर्शक भावविह्वल भएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अथितिका नायिका
करिस्मा मानन्धरसमेत उनीहरुको नृत्य हेरेर भावविह्वल हुँदै रुन पुग्नुभयो ।
“मलाई कहिल्यै पनि अपाङ्गता भन्ने चिज हुन्छ भन्ने नै लाग्दैनथ्यो”,
उहाँले भन्नुभयो – “मलाई उहाँहरुको नाच देख्दा अपाङ्गता छ भन्ने नै लागेन ।
त्यसरी नाचेको देख्दा म तीनपटक रोएँ ।”
उहाँले अपाङ्गता भएकाहरुका लागि प्रत्येक नागरिकले एक रुपैयाँमात्र सहयोग
गरे पनि धेरै हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
डाउन सिन्ड्रोम समाजकी अध्यक्ष शीला
थापाले डाउन सिन्ड्रोम भएका बालबालिकाको कला क्षेत्रमा लगाव र प्रतिभा
भएकाले उनीहरुलाई कला क्षेत्रमा अवसर दिनुपर्ने बताउनुभयो ।
संस्थाले यस्ता बालबालिकाका लागि अक्षयकोष स्थापना गरेकाले यसमा सरकारले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा डाउन सिन्ड्रोमपीडित बालबालिका
कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि संस्थामा आबद्ध सदस्यका आधारमा करिब
५०० बालबालिका छन् । रासस
0 comments
Write Down Your Responses