बर्दिया जिल्ला प्रशासन कार्यालय घेराउ (भिडियोसहित) -
यादव आचार्य
बर्दिया, चैत १४
बर्दिया जिल्ला प्रशासन कार्यालय अगाडी आइतबार सयौं प्रदर्शनकारीले धर्ना दिनुका साथै घेराउ गरेका छन् ।
बबई नदीको बाढीबाट प्रभावित भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका हुन् ।
गत बर्षको बाढीबाट घरवारविहिन बनेका
पिडितहरुले घरबासको व्यवस्था र एकमुष्ठ रकम उपलव्ध गराउन माग गर्दै बिरोध
प्रदर्शन गरेका हुन् ।
विस्थापित भएको २० महिना बितिसक्दा पनि पुनस्र्थापनाको काम नभएको भन्दै
प्रदर्शनमा उत्रिएकाहरुको र्यालीले बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन
कार्यालय अगाडि घेराउ गरेको हो ।
साभार इमेज खबर
साभार इमेज खबर
0 comments
Write Down Your Responses