बर्दियामा बाढी पीडित र प्रहरीबिच झडप, ३ जना घाइते

भावुक योगी

बर्दिया, चैत १५ – गुलरियाको भादा पुलमा बाढी पीडित र प्रहरीबिच झडप हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिहान गुलरियामा बाढी पीडितले पुनर्स्थापना गर्न माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलन गरिरहेका १२ जनालाई प्रहरीले पक्रेको थियो 

पक्राउ परेकाको रिहाईको माग गर्दै भादा पुलमा भइरहेको आन्दोलनले बाटो बन्द भएको थियो । बाटो खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो । बाटो खुलाउन प्रहरीले बल प्रयोग गर्दा भुरीगाउँ बजार नजिक सडक आन्दोलनमा उत्रिएका तीन जना बाढी पीडित घाइते भएको बबई बाढी पीडित समूहकी दिलकुमारी थारुले बताउनुभयो ।


पक्राउ परेका १२ जनालाई प्रहरीले छाडने आश्वासनपछि पूर्व पश्चिम राजमार्ग र नेपालगञ्ज सडक खुलेको छ । सरकारले पुनर्स्थापना नगरेको भन्दै बर्दियाको बाढी पीडितहरु आइतबारदेखि विरोधमा उत्रिएका थिए । गएको वर्ष साउन २९ गते बबई नदीमा आएको बाढीका कारण पूर्ण क्षति भएका बर्दियाका बाढी पीडित आइतबार बेलुकादेखि आन्दोलनमा उत्रिएका हुन् ।


,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News