बर्दियाको बबई हेर्ने रहर पूरा भयो -पूर्ब सभामुख सुबास चन्द्र नेमवांग
चैत्र १५, क्षितिज पौडेल,बर्दिया
संबिधान सभाका नि बर्तमान अध्यक्ष तथा संबिधान सभाका पूर्ब प्रमुख सुबास चन्द्र नेमवांगले आफुले संबिधान घोषणा गर्नु भन्दा दुई दिन अगाडी गोसणा गरिएको बबई नगरपालिका को बबई हेर्ने रहर पूरा भएको बताउनु भएको छ । सोमबार ने क पा एमाले बबई नगर कमिटी बर्दियाको प्रथम नगर अधिबेसन उद्घाटन सत्रमा बोल्दै उहाले यस्तो कुरा बताउनु भएको हो ।
साठी मिनेट भन्दा बढी सभालाई संबोधन गर्दै जनता र एकतीस दलले संबिधान बनाउने जिम्मा दिएको काम पूरा गरेको छु भनेर यस बबई नगरपालिकामा आएर प्रथम चोटी भन्न पायको मा खुसी प्रकट गर्नु भयो । उहाले संबिधान ५ बर्ष ८ महिना लगाएर बनाएकोले नेपालको संबिधान धेरै नै ब्यबस्थित रहेको बताउदै बर्दियामा आएर यहाँका बाढीपीडित,सुकुम्बासी,मुक्तकमैया आदिको ज्ञापनपत्रमा उल्लेखित समस्या सामधान गर्न सरकारको ध्यान आकर्षण गाराउने र सोमबार नै प्रधानमंत्री समक्ष सो कुरा पेस गर्नु बताउनु भयो ।
उहाले कार्यक्रममा थप बोल्दै भन्नु भयो “यति बेला संबिधान कार्यन्वयनमा सबै जना लागी परेका छौ र कहिकतै तराई मधेसमा नागरीकता को बिषयलाई लियर भ्रम भईरहेको छ ” , तर त्यसो नभएर बर्दियामा बर्दियाका ६५ जना सहित छ महिनाको अन्तरालमा नेपालमा २५५७ जनाले अंगीकृत नागरिकता पाईसकेको जानकारी गराउनु भयो । संविधनको चर्चा गर्दै पूर्व सभामुख नेम्वाङ्गले ‘नेपालको संबिधानमा ३१ दलको
उपस्थिीती छ । यसमा विविधता छ । यो संविधान पूर्ण सन्तुलित छ । समाबेशी छ
। सबै जातजातीका लागि समेटिएर बनेको छ । त्यसैले यसमा हामी सबैले गर्व
गर्नु पर्छ ।
भारत अमेरिका लगायतका देशका संविधानको चर्चा गर्दै ‘अमेरीकामा ५२ प्रतिशत
छिमेकी भारतमा ६५ प्रतिशत बहुमत भएर पनि बनेको संविधानलाई स्किारेका छन्
त्यसैले हाम्रो ९० प्रतिशत बहुमतले बनेको संबिधानलाई विश्वकै उत्कृट
संविधान हो । कार्यक्रममा भेरी अञ्चल कमिटि इन्चार्ज यमलाल कडेल, ब्यबस्थापिका संसदका सदस्यहरु निर्मल सुबेदी,लीला राना,श्याम ढकाल लगाएत जिल्लाका बिभिन्न एमाले नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले बबई नगर कमिटीका जीबन कुमार साह को सभापतित्वमा सम्पन्न भएको थियो भने अधिबेसनको बन्द सत्र मंगलबार देखि सुरु हुने भएको छ ।
0 comments
Write Down Your Responses