गाउँमा हल्लेर खाँदाको परिणाम कस्तो ?
सास । चैत १४, बर्दिया ।
केही वर्ष अगाडि मात्रै रेकर्डिङ गरिएको लोक तथा दोहोरी गीतको एल्बम “बाचा कसम” को चर्चित लोकभाका ‘अवत वर्खा लाइसक्यो’ लाई याल मुन मिडिया प्रा.लि. बाँसगढी, बर्दियाले दृश्य निर्माण गरी हाइलाइट
नेपालमार्फत यूट्युब बजारमा ल्याएको छ । अपलोड गरिएको ५ दिनमा नै ५ हजार बढीले अवलोकन गरिसकेको यो भिडियोले सबै दर्शकहरुको मन जितीरहको छ ।
यतिबेला गीत संगीतहरुको दृश्य निर्माण गरी बजारमा ल्याउने होड चलिरहेको अवस्थामा पुराना र सदावहार रहेका गीतहरु पनि विस्तारै सञ्चारमाध्यममा आउन थालेका छन् । एउटा कृषक परिवारको कथा र वेथालाई मार्मिक शव्दमा बुनिएको यो गीतमा आफ्नो श्रीमानलाई श्रीमतीले गाउँगाउँमा नडुलीकन घरको काम नै मेसो लिएर गर्नका लागि झक्झक्याएकी छिन् । गाउँघरमा प्रचलित ठेट शब्दहरुको प्रयोग गरिएको यो गीत निकै सदावहार रहेकोले आफूले आफ्नै लगानीमा यसको भिडियो बजारमा ल्याएको कम्पनीका निर्देशक यशु के.सी.ले बताउनुभएको छ ।
बर्दिया जिल्लामा नैै छायाँकन गरिएको यो गीतमा यशु के.सी. र उमा थापा ले अभिनय गर्नुभएको छ । गीतको शब्द तथा लय संरचना बर्दियाली श्रष्टा कविगुरु स्व. यज्ञप्रसाद सुवेदीको रहेको छ भने यस गीतमा प्रभात सुवेदी र पार्वती शर्माको आवाज रहेको छ ।
अव छिट्ट्र नै फेरि अर्को गीत “सपनीमा” को पनि छायाँकन गरि बजारमा ल्याउने तयारी गरिएको याल मुन मिडियाका प्रवन्धक यशु के.सी.ले बताउनुभयो ।



0 comments
Write Down Your Responses