गर्मीमा काखी गंधाउने समस्या भए अपनाउनुस यी उपायहरु

धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ ।
गर्मीमा समान्य रुपमा आउने पसिनाले शरीमा
छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पफ्र्युमले पनि सहयोग गर्न सकिरहेको हुँदैन
। तर, केही त्यस्ता घरेलु उपायहरु अपनाउन थाल्नुभयो भने तपाईंलाई यो
समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन ।
कागतीः कागतीको प्रयोग पसिनाको दुर्गन्ध
मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले
पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग
गर्छ । यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ ।
कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ ।
गुलाब जलः पसिनाको दुर्गन्धलाई भगाउने
सबैभन्दा सजिलो तरिका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केहि थोपा
गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन
दिँदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ ।
नीमको पातः नीमको पातले पनि शरीरमा
दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको
ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर
पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर
नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो
पर्दैन ।
बेकिङ सोडाः पसिनाको दुर्गन्ध हटाउन अर्को
घरलु उपाय हो बेकिंग सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई
सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको
बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध
वरपर पर्दैन ।
पुदिनाः पुदिनाको सहयोगमा पनि पसिनाको
दुर्गन्धलाई टाढा पठाउन सकिन्छ । पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर
नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई
मेटाउँछ । यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ ।
बेसनः बेसन पनि पसिनाको दुर्गन्धको शुत्र
नै हो । थोरै बेसनलाई दही मिसाएर बनेको पेस्ट प्रयोग गर्दा पनि पसिनामा
हुने दुर्गन्धबाट बच्न सकिन्छ । यो पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा
लगाउनुपर्छ । १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त
पसिनालाई बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ ।
महः मह पनि चानचुने औषधी होइन । यसले पनि
पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ । नुहाउनासाथ पानीमा
एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ । यसबाट पनि पसिनाको दुर्गन्ध
हट्छ ।
हाइड्रोजन पेरोक्साइडः हाइड्रोजन
पेरोक्साइडको प्रयोग पनि पसिनको दुगन्धबाट बच्ने सरल उपाय हो । यसलाई एक
चम्चा आधा कप पानीमा मिसाएर दिनमा ३-४ पटक काखी मुनि लगाउादा तपाईको
शरीरबाट निस्कने दुग्नध निर्मुल हुन्छ ।
0 comments
Write Down Your Responses