‘मेरो घाँटीमा रड पसेको छ । म त अब मर्छु यार’
गोंगबुको भुमेश्वरी गेस्ट हाउसमा म काम गर्थें । वैशाख १२ गते घर जाने भनेर काटेको टिकट गोजीमा थियो । बेलुका चार बजेको थियो गाडी ।
आठ तल्ले भवनको दोस्रो तल्लामा म र पेम्बा
लामा खाना खान बसेका थियौं । मैले पहिलो गाँस मुखमा हाल्नासाथै बिल्ङिङमा
हलचल भयो । मानिसहरु भूईंचालो आयो भन्दै कराउन थाले । होहल्ला र भागदौड
सुरु भयो ।
पेम्बा र म आत्तिँदै भर्याङतिर कुद्यौं ।
तर, भर्याङ ओर्लिन नपाउँदै बिल्डिङ गल्र्यामगुर्लुम भक्कियो र हामी
पुरियौं । म उत्तानो लडेँ । मेरो दुवै गोडा बिममुनि थिचिए । हातगोडा पनि
हलचल गर्न सक्ने अवस्थामा भएन । बोल्न मात्रै सक्थेँ । कहालिएर चिच्याएँ ।
त्यस्तो कोलाहलमा मेरो चिच्याहट कसले सुन्ने ?
बाहिर केही देख्न सक्ने अवस्था थिएन ।
पूरै अन्धकारभित्र थिएँ । साह्रै आत्तिएकाले सास फेर्न गाह्रो हुन थाल्यो ।
लगातार ‘बचाउ… बचाउ…’ भनेर कराएँ । एक छिनअघि हालेको गाँस मेरो मुखमै थियो
। त्यो गाँस पनि मैले निल्न सकिनँ, न ओकल्न नै सकेँ । जिब्रोले अलिअलि
बाहिर निकालेँ, अलिअलि मुखभित्रै रह्यो ।
जोन बोल्न छाड्यो
एक छिनपछि मलाई ‘रमेश… रमेश…’ भनेर कसैले बोलाएको मधुरो आवाज सुनेँ । पेम्बाको आवाज थियो । मैले पनि ‘पेम्बा..’ भनेँ । अनि हामीबीच दोहोरो संवाद हुन थाल्यो । एकैछिनमा अर्को साथी पनि भित्रै कराइरहेको सुनियो । उ जोन रहेछ । हामी तीन जना आ-आफ्नो पीडा एक-अर्कालाई सुनाउन थाल्यौं ।

‘मलाई बिमले थिचेको छ, हलचल पनि गर्न
सक्दिनँ,’ मैले भनें । पेम्बाको पनि मेरो जस्तै अवस्था थियो । तर, जोनको
हालत हाम्रोभन्दा धेरै नाजुक रहेछ । उसले भन्यो, ‘मेरो घाँटीमा रड पसेको छ ।
म त अब मर्छु यार ।’
जोन करिब १० मिनेटसम्म हामीसँग बोल्यो,
निकै कष्टसाथ । त्यसपछि उसको आवाज सुन्न छोडियो । ऊ रहेन भन्ने हामीले
बुझ्यौं । त्यसको ५ मिनेटसम्म म र पेम्बा बोलिरह्यौं । त्यसपछि हामी दुबै
बोल्न सकेनौं ।
बुबाआमालाई सम्झेँ
म हतास हुँदै गएको थिएँ । गोडामा असैह्य पीडा भइरहेको थियो । मेरो बुवाआमाको अनुहार निरन्तर आँखा अगाडि आइरह्यो । भाइ-बहिनीलाई पनि सम्झिरहेको थिएँ । भूकम्पले उनीहरुलाई के गर्यो होला भनेर आत्तिइरहेको थिएँ । म रहिनँ भने परिवारको के हालत होला भन्ने चिन्ता लाग्थ्यो ।

बेलाबेलामा बाहिरको आवाज सुनिन्थ्यो ।
कसैले मेरो नाम लिएको जस्तो पनि लाग्थ्यो । त्यतिबेला बाँच्ने आशा
पलाउँथ्यो । चिच्याएर ‘बचाउ… बचाउ..’ भन्थेँ, ता कि उद्धारकर्मीहरुले
सुनुन् । तर, स्वर सुक्दै गएको थियो । मेरो कराएको सायदै बाहिर सुनिन्थ्यो ।
तर, पनि सकुञ्जेल चिच्याइरहेँ ।
बाहिरको केही आवाज सुनिएन भने मन
आत्तिन्थ्यो । त्यतिबेला जतिसक्दो चाँडो मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
तर, आफूले चाहँदैमा पनि भन्नेबित्तिकै मर्न सकिँदैन रहेछ ।
मध्यरातमा उद्दार
१२ घण्टासम्म पुरिँदाको अनुभव म राम्ररी वर्णन गर्न पनि सक्दिनँ । यत्तिञ्जेल म एकपटक पनि बेहोश भइनँ । बेहोश भएको भए बरु त्यस्तो गाह्रो हुन्नथ्यो होला । मुख सुकेर प्याक-प्याक भइरहेको थियो । मनमा नानाभाँती तरंगहरु उत्पन्न हुन्थे ।

कहिले सपना हो कि जस्तो लाग्थ्यो । सपना
भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । आफैंलाई चिमोट्न पनि सक्दिनथेँ । जब
उद्धारकर्मीहरु भग्नावशेष पन्छाउँदै आफू नजिक आएको महसुस हुन थाल्यो,
त्यसपछि बाँच्ने आश जागृत भयो ।
उनीहरुले आवाज दिन भन्थे । म सक्दो
कराउथेँ । ‘म यस्तो ठाउँमा छु, यताबाट निकाल्न सकिन्छ’ भन्थेँ । मेरो आवाज
पछ्याउँदै सुरक्षाकर्मीहरु मसम्म आइपुग्नुभयो ।
आखिरमा बिम पन्छाएर मलाई बाहिर निकालियो ।
रातको १२ बजेको रहेछ । बाहिर सुरक्षाकर्मीहरु खुशी मुद्रामा हुनुहुन्थ्थो ।
चिनेका साथीहरु पनि थुप्रै थिए । आफूलाई निकाल्ने सुरक्षाकर्मीहरुलाई मैले
भगवान जस्ता देखेँ । म उहाँहरु कसैलाई पनि चिन्दिनँ । कसैसँग बोल्न सकिनँ ।
आवाज रित्तिइसकेका थियो सायद । न आँखाबाट आँशु नै निस्के । म
अर्द्धबेहोशीको अवस्थामा पुगेंछु । मलाई टिचिङ अस्पताल लगेको अलिअलि याद छ ।
गोडा नभेटेपछि
अस्पताल पुर्याउँदा मलाई पेटमा असैह्य पीडा भइरहेको थियो । गोडाभन्दा पेट धेरै दुख्न थाल्यो । भित्र पिल्सिँदा खुट्टामा जमेको रगत पेटमा पुगेर दुखेको रहेछ । त्यही दुखाइले गर्दा म बेहोश भएँ । तीन दिनपछि आँखा खुल्यो । आँखा खुल्दा मेरो अगाडि एकजना सिस्टर हुनुहुन्थ्यो । उहाँले ‘कस्तो छ भाइ ?’ भनेर सोध्नुभयो । मैले मुन्टो मात्र हल्लाएँ । उहाँ जानुभयो ।

एकजना डाक्टर आउनुभयो । खोइ, केके गर्नुभयो । ‘आत्तिनु पर्दैन, बिस्तारै ठीक हुन्छ,’ भनेर जानुभयो ।
होस खुलेदेखि मेरो गोडा स्याउँस्याउँ
गरिरहेको थियो । गोडाको औंलामा करेन्ट लागेजस्तो भइरहेको थियो । हातले
गोडाको औंला छाम्ने प्रयास गरेँ । तर केही पनि भेटिनँ । अहँ, जति छाम्दा
पनि मैले आफ्नो गोडा भेटिनँ । त्यसपछि ओढेको बर्कोलाई पन्छाएर हेरेँ । अनि
पो छाँगाबाट खसेजस्तो भएँ । मेरा दुबै गोडा घुँडाभन्दा माथिसम्म मात्रै थिए
। डाक्टरहरुले काटिसकेका रहेछन् । म अपांग भइसकेको रहेँछु ।
म रुन-कराउन थालेँ । डाक्टरहरु आउनुभयो ।
‘धन्दा मान्नुपर्दैन, नक्कली गोडा हालेर हिँड्न मिल्छ, काम गर्न सकिन्छ’
भन्ने कुराहरु गरेर मलाई सान्त्वना दिने प्रयास गर्नुभयो । मैले आफूलाई
सम्झाउन थालेँ । मुटु दरिलो बनाउने प्रयास गरेँ ।
एक हप्तापछि घरमा खबर
अस्पतालमा सात दिनसम्म म एक्लो थिएँ । उद्धार गरेर अस्पताल पुर्याइएपछि मेरो घर सोधिएको थियो । मैले दैलेख हो भनेँ । त्यसपछि बुवा-आमाको फोन नम्बर सोधियो । आमाको नम्बर मेरो मुखैमा हुन्थ्यो तर, त्यतिबेला सम्झिन सकिनँ ।

म भूकम्पमा पुरिएको खबर एक हप्तापछि
मात्रै घरमा पुग्यो । आमा भाइलाई लिएर दौडिँदै आउनुभो । उहाँ अस्पतालमा
आइपुग्दा म अपाङ्ग बनिसकेको थिएँ ।
मेरो अवस्था देखेपछि उहाँ केही बोल्न
सक्नुभएन । रुनुमात्रै भयो । मेरो आँखाबाट पनि अविरल आँशुका धारा बगे । न
उहाँले मलाई कुनै सहानुभूति दिन सक्नुभयो, न मैले उहाँलाई सम्झाउन सकेँ ।
म दुई महिनासम्म अस्पताल बसेँ । त्यहाँबाट
एउटा संस्थाले मलाई आश्रय दियो, सुनाकोटीमा । दुई महिना त्यहाँ बसेपछि
अहिले नेपाल हेल्थ केयर अकुपमेन्ट डेभलपमेन्ट फाउन्डेसन भन्ने संस्थामा
आएको छु ।
फेरि पढाइ थाल्दैछु
चार वर्षअघि कामको खोजीमा काठमाडौं आएको हुँ म । जेठो छोरा भएका कारण पारिवारिक दायित्वले गर्दा ८ कक्षाको पढाइ बीचैमा छाडेर आएको थिएँ ।
चार वर्षअघि कामको खोजीमा काठमाडौं आएको हुँ म । जेठो छोरा भएका कारण पारिवारिक दायित्वले गर्दा ८ कक्षाको पढाइ बीचैमा छाडेर आएको थिएँ ।
बुवा इन्डियामा मजदुरी गर्नुहुन्छ ।
उहाँले पठाउने पैसाले यहाँ खान-लाउनलाई नै ठिक्क हुन्थ्यो । म आफ्ना भाइ
बहिनीलाई राम्रो स्कुलमा पढाउन चाहन्थेँ । बुवा-आमालाई सुखी जीवन दिन
चाहन्थेँ ।
काठमाडौं आएपछि मैले गेस्ट हाउसमा काम
पाएँ । गेस्ट खोजेर होटलसम्म पुर्याउनुपर्ने काम थियो । ३० प्रतिशत कमिसन
आउँथ्यो । महिनामा १५-१६ हजार कमाउँथे । ४-५ हजार आफू खर्च गर्थेँ, बाँकी
घरमा पठाउँथे । मैैले काम सुरु गरेपछि भाइबहिनी दुबै बोर्डिङ स्कुलमा पढ्न
थालेका थिए । पढ्ने रहर मेरो पनि थियो, तर पारिवारिक बोझले गर्दा नै आफ्नो
रहरलाई तिलाञ्जली दिएको हुँ ।
भूकम्पपछि मैले काम गर्न सक्ने अवस्था छैन
। अहिले संस्थामै दिन बितिरहेको छ । प्लास्टिकको खुट्टा लगाएर स्टिकको
सहारामा हिँड्ने अभ्यास गर्दैछु । यहाँ भूकम्पपीडित १८ जनाले आश्रय
लिइरहेका छन् । सबैले एक अर्कालाई हेरेर मन बुझाउँछौं ।
म आफ्नो टुटेको पढाइलाई फेरि जोड्ने
योजनामा छु । जोरपाटीको एउटा स्कुलमा नाम लेखाइसकेँ । सायद अर्को साताबाट
पढ्न जान्छु होला । भूकम्पपछि मलाई दुई-तीन जनाले २०-३० हजार सहयोग
गर्नुभएको थियो । त्यो पैसा जोगाएर राखेको थिएँ । त्यसलाई अब आफ्नो पढाइमा
खर्च गर्नेछु ।
मैले पैसा पठाउन नसकेपछि मेरा भाइबहिनी
फेरि बोडिङबाट सरकारी स्कुलमा फर्केका छन् । यसले मलाई चुकचुक भइरहेको छ ।
तर, मलाई विश्वास छ, अपाङ्ग भएपछि भोलि म केही गर्न सक्ने हुनेछु । पैसा
कमाउनेछु । भाइबहिनीलाई राम्रो शिक्षा दिनेछु र बुवा-आमालाई बुढेसकालमा
सहारा दिनेछु । म हिम्मतिलो केटो हुँ ।
0 comments
Write Down Your Responses