मजदुरको समस्यामा समाधान तर्फ राजनीतिक दलहरुको ध्यान गएन
नेपालगञ्ज १९ बैशाख
१२७ औं विश्व मजदुर दिवसको अवसरमा श्रमजिवी मजदुरहरुको हकका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहित २७ दलीय संघीय गठबन्धन बाँकेले नेपालगञ्जको कमल मधेशी चौक प्रदर्शन एवं सभा सम्पन्न गरेको छ । मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका कार्यबह बाँके का अध्यक्ष फिरोज हल्लवाई को अध्यक्षतामा सम्पन्न भएको छ ।सो सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका केन्द्रीय सदस्य राम कुमार दिक्षित ले मजदुर दिवसको दिन मजदुरका समस्याबारे बढी भाषणबाजी भएपनि उचितमा मजदुरको समस्यामा समाधान तर्फ राजनीतिक दलहरुको ध्यान नगएको बताएका छन् । ‘अब मुलुक संघीयतामा गईसके पश्चात मजदुरको माग पनि सम्बोधन हुनु पर्ने गठबन्धनको अठोट रहेको’ उनले बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदीश सिंहले भने वर्षौदेखि मधेशी जनतालाई शोषण गरि उनीहरुका हक अधिकारलाई कुष्ण्ठित गरिएकोले पछिल्लो समयमा नेपालमा भएको जनआन्दोलन तथा मधेश आन्दोलनले उनीहरुका मुद्दालाई अगाडी बढाएको समयमा दोस्रो संबिधान सभाले जारी गरेको सबिधानमा मधेशी, आदीबासी, तथा पछाडी पारिएका समुदायको हक अधिकारलाई कटौती गरिएको मागलाई संशोधन गर्नका लागि थालिएको यो आन्दोलन कुनै जाती, वर्ग समुदायको नभई पहिचानको आन्दोलन भएको मधेशी समुदायका अगुवहरुको बताए । सदभावना पार्टीका सचिव लतिफ खाँ वर्तमान राज्यसत्ताका सबै अधिकारीहरुले मधेसलाई लुटेकाले मधेसमा आन्दोलन गर्नुपरेको बताए । उनले महेन्द्रवादी विचारधारा विपरीत राज्य पुनरसंरचना गरिएकाले बाध्य भएर संविधान अस्विकार गरेको र आन्दोलनमा होमिनु परेको बताए । राजेन्द« पुर्व संसद सन्ध्य देवा रेखा गुप्ता लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन संघीय समाजवादी फोरम नेपालका नेता कौशल मिश्रले गरेका थिए ।
यस्तै सदभावना पार्टीका अध्यक्ष लक्ष्मीनराण बर्माले भने मधेसी, मुस्लिम, आदिवासी, जनजातिलाई सरकारले पटक पटक भिडाउने प्रयास गर्दै आएकोले सतर्क रहन आग्रह गरे । उनले यहाँ फूट डालो और शासन करो जस्तो सिद्धान्त अघि बढेको सबैले आफ्नो स्तरबाट मधेस आन्दोलनमा समर्थन गर्नु पर्ने बताए । यस्तै तमोलोप का केन्दि«य सदस्य पशुपति दायल मिश्रले भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने तर जनताको समस्या हेर्दै स्वरुपमा भने केही परिवर्तन हुन सक्ने बताएका छन् । यहाँले भने सरकार र तस्करहरुले मधेश आन्दोलनको बदनाम गरेको बताए । उनले भने, “सरकार र प्रमुख दलहरुले वार्ताको नाममा नौटंकी गरिरहँदा निष्कर्षमा पुग्न सकिएको छैन ।”कार्यक्रममा नेपाल सदभावना पार्टीका तमलोपा, तराई मधेश सदभावना पार्टी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो
0 comments
Write Down Your Responses