चर्चा बटुल्दै कञ्चन अधिकारीको नया गीत रुमाल लैजाउ मायाको चिनो

काठमाडौं, बैशाख १७ गते ।।
बजारमा आएको छोटो समयमा लोकदोहोरी गायिका कञ्चन अधिकारीको नयाँ दोहोरी गीत रुमाल लैजाउ मायाको चिनोले राम्रो चर्चा पाईरहेको छ । बागेश्वरी म्युजिकबाट बजारमा आएको उक्त गीतले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । पछिल्लो समय बजारमा आएका गीतहरुमध्ये फरक किसिमको र म्यूजिक भिडियोको निर्माण पक्ष समेत निकै उत्कृष्ट भएकोले गीत धेरैको मनमा बस्न सफल भएको दर्शक स्रोताहरुको प्रतिकृया छ । अहिले विभिन्न एफ.एम. स्टेशन, टेलिभिजन र सवारी साधनहरुमा पनि उक्त गीत बजिरहेकोे पाईन्छ ।

गायिका अधिकारीले आफ्नो सानो प्रयासलाई स्रोता दर्शकले छोटो समयमा रुचाएको र सबैतिरबाट राम्रो प्रतिकृया आईरहेको बताउनुभयो । एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो । यस गीतमा गायिका कञ्चन अधिकारी र गायक सागर विरहीको स्वर सुन्न सकिन्छ । गीतको शब्द सृजना गायक कमल बि.सी. माल्दाईले गरेका हुन् भने लय सृजना सागर विरहीको नै रहेको छ । विक्रम चौहानको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा गोविन्द शर्मा, रोली तामाङ्ग, सुष्मा अधिकारी र सुदिप निगमले अभिनय गरेका छन् । उक्त गीतको म्युजिक भिडियो पनि युट्युबमा धेरैले रुचाएका छन् ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News