नेपालगन्जमा ३५ वर्षपछि ठूलो प्रतियोगिता

वैशाख १५, २०७३-पैंतीस वर्षअघि नेपालगन्ज ११ ले भेरी च्यालेन्ज सिल्ड जित्दा प्रदेशसिंह राठौर भर्खर २३ वर्षका थिए। विजेता टिमका मेन डिफेन्डर उनका लागि आफ्नै मैदानमा भएको त्यो अन्तिम ठूलो खेल थियो। किनभने, ०३७ साल यता नेपालगन्जमा कुनै ठूलो फुटबल प्रतियोगिता भएकै छैन।

बिहीबारदेखि सुरु हुने नेपालगन्ज गोल्डकपले फुटबलको लामो खडेरीको अन्त्य गर्दै छ। जुन प्रतियोगिताको संयोजक छन्, ५८ वर्षीय राठौर। ‘फुटबलको लामो खडेरी हट्न लागेको छ,’ अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘खेलाडी र दर्शकको भेट हुँदै छ।’

तीन दशकअघि तेस्रो भेरी च्यालेन्जमा नेपालगन्ज ११ ले देहरादुन जिप्सी क्लबलाई हराएर सिल्ड जितेको थियो। त्यो बेला नेपाल र भारतका आठ क्लबहरू सहभागी थिए।

काठमाडौंको संस्थान ११ र सुनाखरी क्लब थिए भने भारतका देहरादुन, लखनउ र बहराईचबाट पनि टिम आएका थिए। ‘छुट्टै रौनक थियो। हामी त्यो रौनक पुनस् फर्काउन चाहन्छौं,’ उनले भने।

भेरी च्यालेन्जपछि नेपालगन्ज रंगशालामा कुनै ठूला फुटबल स्पर्धा भएका छैनन्। दुई पटक ‘ए’ डिभिजन लिग छनोट खेलहरू भए। एन्फा र बाँके फुटबल संघले ०५६ र ०५८ सालमा खुकुरी कप नकआउट प्रतियोगिता आयोजना गरिएबाहेक न राष्ट्रियस्तरका खेलाडीले नेपालगन्ज रंगशाला देख्न पाए, न त दर्शकले स्तरीय फुटबल हेर्न।

ठूलो खेल स्पर्धासँगै नेपालगन्ज ११ को पनि पुनरागमन भएको छ। बिहीबारको उद्घाटन खेल नेपालगन्ज ११ र सुदूरपश्चिम ११ बीच हुनेछ। ‘केही अनुभवी र युवा खेलाडी समेटिएको छ। फाइनलसम्म यात्रा तय गर्ने लक्ष्य छ,’ नेपालगन्ज ११ का प्रशिक्षक रवीन्द्र श्रेष्ठले भने, ‘ए डिभिजन क्लबहरूसँगको स्पर्धाले खेलको स्तर समेत सुधार हुने ठानेका छौं।’

मध्य तथा सुदूरपश्चिमका लागि ए डिभिजनस्तरको यो पहिलो फुटबल प्रतियोगिता हो। त्यसैले खेलाडी मात्र नभई दर्शकसमेत उत्साहित भएको श्रेष्ठ बताउँछन्। ‘घरेलु मैदानमा ए डिभिजनका खेलाडीको खेल हेर्न पाउनु पनि खुसीकै कुरा हो,’ उनले भने।

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही फुटबल क्रेज बढाउन र पश्चिम क्षेत्रमा पनि राष्ट्रिय स्तरका खेलहरू हुने वातावरण बनाउन नेपालगन्ज गोल्ड कप आयोजना गर्न लागिएको बताए।

‘फुटबलप्रति आकर्षण नभएको हैन। तर, लगानी नहुँदा ठूलो राशिका प्रतियोगिता नभएका हुन्,’ उनले भने, ‘गोल्डकपपछि फुटबल वातावरण बन्नेछ। स्थानीय खेलाडीलाई पनि प्रोत्साहित गर्नेछ।’

यति सिमेन्ट प्रायोजक रहेको नेपालगन्ज गोल्डकप ९१६–२३ वैशाख० मा ‘ए’ डिभिजनका सरस्वती क्लब, एपीएफ र नेपाल आर्मी क्लब प्रतिस्पर्धा गर्दै छन्।

त्यस्तै, वेस्ट काठमाडौं एफसी, सुदूरपश्चिम ११, रूपन्देही ११, नेपालगन्ज ११ र भारतको लखनउ टिम सहभागी हुने अध्यक्ष शाहीले बताए। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। रंगशालाको प्यारापिट र अतिथि मञ्च रंगरोगन गरिएको छ।

Kantipur

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News