Local,
News
»
राष्ट्रिय प्रशारणको 3 मेघावाट बिद्युतले नेपालगन्जलाई पुग्ला त ?
राष्ट्रिय प्रशारणको 3 मेघावाट बिद्युतले नेपालगन्जलाई पुग्ला त ?
नेपालगन्ज, बैशाख १६–

राष्ट्रिय प्रशारण लाइनबाट १० मेगावाट बिद्युत उपलब्ध गराउनुपर्ने माग गरिरहेका बेला बिद्युत प्राधिकरणले नेपालगन्ज क्षेत्रलाई ३ मेघावाट बिद्युत दिने भएको छ । राष्ट्रिय प्रशारणबाट तीन मेघावाट बिद्युत बिहीबारदेखि उपलब्ध गराउने जानकारी प्राधिकरण केन्द्रिय कार्यालयले वितरण केन्द्र नेपालगन्जलाई बुधबार मात्र गराएको हो । केन्द्र प्रमुख उमेशकुमार झाले प्राधिकरणको केन्द्रिय कार्यालयबाट आफुलाई आएको टेलिफोन अनुसार ३ मेघावाट बिद्युत दिने मौखिक जानकारी पाएको बताए । ‘बिहीबारबाट तीन मेगावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनबाट लैजान मलाई केन्द्रिय कार्यालयबाट मौखिक रुपमा आदेश आएको छ, नेपालगन्जले ३ मेघावाट मात्र बिद्युत पाउने भयो,’ उनले भने । तीन मेगावाट बिद्युतले नेपालगन्जको समस्या समाधान नहुने झाले प्रष्ट्याए ।राष्ट्रिय प्रशारणको तीन मेघावाट बिद्युतले नेपालगन्जलाई पुग्ला त रु यसले थोरै मात्रामा राहत हुने प्रष्ट्याउँदै उनले थपे, ‘दैनिक ९ घण्टा सम्म लोडसेडिङ हुनेमा अब साढे ७ घण्टामा झर्छ ।’

वितरण केन्द्रले बिहानीपख २ बजेतिर नियमित रुपमा गर्दै आएको लोडसेडिङ मात्र हटाउन सकिने झाले
बताए । बिद्युतका विषयमा सरकारलाई सुरुमा ७२ घण्टे अल्टिमेटम सहित नेपालगन्ज उद्योग वाणिज्य संघको संयोजनमा अन्तरपार्टी सञ्जाल, उद्योगी, व्यवसायी, कानुन व्यवसायी, पत्रकार लगायतले विभिन्न दवामुलक आन्दोलन गरेका थिए । विभिन्न खालका आश्वासन बाँड्दै सरकारले अधुरो निर्णय गरेपछि नेपालगन्जबासी पुर्ण रुपमा खुसी छैनन् । पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र दिएर प्रशासन र बिद्युत कार्यालयमा समेत धर्ना दिई आवश्यक पहलका लागि काठमाडौं पुगेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहित उद्योग वाणिज्य महासंघको एक टोलीले बुधबार उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटेको थियो । उक्त टोली समक्ष उर्जामन्त्री रायमाझीले कम्तिमा ५ मेघावाट बिद्युत राष्ट्रिय प्रशारणबाट नेपालगन्जलाई दिने प्रतिवद्धता जनाएपनि अन्तिम समयमा ३ मेघावाट मात्रै दिने निर्णय गर्नुले पुर्ण रुपमा खुसी हुन नसकेको श्रेष्ठले बताए ।

उनले टेलिफोनमा भने, ‘मन्त्रीले हामीसँग एउटा कुरा गरेर निर्णय अर्कै गर्न लगाएको जस्तो लाग्यो, उहाँले कम्तिमा ५ मेघावाट बिद्युत दिने हामीलाई वचन दिनु भएको होे ।’ नेपालगन्ज क्षेत्रका लागि ४ दशकअघि भारत, नानपारास्थित सव–स्टेशनबाट छुट्टै प्रशारणबाट बिद्युत आयात गरी वितरण गरिएको छ । तत्कालिन समयमा दैनिक ५ मेगावाट बिद्युत दिने सम्झौता भएपनि अहिले अधिकतम १२ मेघावाट बिद्युत भारतले दिदै आएको छ । तर, पछिल्लो समयमा दैनिक २० मेघावाट बिद्युत आवश्यक परिरहेको छ । लोडसेडिङको समस्या अत्यधिक रुपले बढेपछि गतवर्ष तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको ठाडो निर्देशनमा बिद्युत प्राधिकरणले नेपालगन्जलाई ५ मेगावाट बिद्युत राष्ट्रिय प्रशारणबाट उपलब्ध गराएको थियो । वर्तमान सरकारले निरन्तरता दिनुको साटो उल्टै नेपालगन्जलाई प्राप्त राष्ट्रिय प्रशारण लाइन काटेको थियोे ।
0 comments
Write Down Your Responses