प्रविधि पछ्याउँदै कृषक : गहुँ भित्र्याउने चटारो (फोटोफिचर)

लक्ष्मण ढुंगाना, बर्दिया, १५ वैशाख, 
अन्न भण्डार मानिने बर्दियाका कृषकलाई यतिबेला गहुँबाली भित्र्याउने चटारोले भ्याई नभ्याई छ । परम्परागत किसिमले हसियाँले गहुँ काट्ने किसानहरु अब भने नयाँ प्रविधिको विकाससंगै प्रविधि पछ्याउँदै ुकम्बाईन हार्भेष्टरु को मद्दतले गहुँ काटन थालका छन् । कम समय र थोरै मेहनतमा एकैपटक गहुँ काटेर मेसिन भित्रै दाँई गर्ने सुविधा भएपछि कृषकहरुको ध्यान ुकम्बाईन हार्भेष्टरु ले खिचेको छ

चारैतिर कर्णाली नदीले घेरिएको राजापुर क्षेत्रमा गतवर्षदेखि पक्कीपुल बनेपछि पहिलो पटक भारतको तिकुनियाका साथै कैलालीको थापापुरबाट भाडामा ुकम्बाईन हार्भेष्टरु ल्याईएको हो ।
राजापुर क्षेत्रमा यो प्रविधि भित्रिएपछि वरपर छिमेकी गाउँबाट ुकम्बाईन हार्भेष्टरु हेर्न आएका कृषकहरुको भिड लागेको थियो । यो प्रविधिको प्रयोगले आफूहरुलाई निकै सजिलो भएको राजापुर–२, दौलतपुरका स्थानीय कृषक भोजुवा थारुले बताए । घरमा काम गर्ने मान्छे पनि नभएको अवस्थामा यो मेसिनले समयका साथै जनशक्तिको पूर्णरुपमा बचत गरेको उनको भनाई छ । ुयसअघि तीन विगाह खेतको गहुँ काट्न, दाउन एक महिना बढी समय लाग्ने गर्दथ्योु, उनले भने, ुयो प्रविधिले एक घण्टामै तीन बिगाहाको गँहु काटेर मेसिन भित्रै दाउन गरेर गहुँ भित्र्याउन सहज भयो । 

नयाँ यान्त्रिक प्रविधि ुकम्बाईन हार्भेष्टरु ले गँहु भित्र्याउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यस तर्फ किसानहरु आकर्षित भएको अर्का कृषक रन्जन शाहले बताए । गहुँ काट्ने, दाउने, केलाउने र भुसाको व्यवस्थापन एकैपटक गर्ने भएको हुँदा लागतमा पनि ५० प्रतिशत कमी आएकोले यो प्रविधिको प्रयोगमा आर्कषण बढेको उनी बताउँछन् ।

कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस क्षेत्रका किसानले समयमा गहुँ भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । ुकम्बाईन हार्भेष्टरु को प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् । कम्वाईनले गँहु काटेवापत प्रति विगाह ५ हजार रुपैयाँ लिने गरेको कैलाली थापापुरका ुकम्बाईन हार्भेष्टरु मालिक रामबहादुर थारुले बताए । एक दिनमा २० देखि ३० विगाहसम्म गहुँ काटने गरेको उनको भनाई छ । ुकम्बाईन हार्भेष्टरु किनेपछि आफूलाई पनि राम्रो आम्दानी भएको र कृषकहरुलाई पनि सुविधा भएको उनको भनाई छ । पैसा पनि कम लाग्ने र समय पनि बचत हुने भएपछि धेरै कृषकहरुले माग गरेको उनी बताउँछन् ।  


यस्तै जिल्लाका अन्य क्षेत्रहरुमा पनि कृषकहरुले यो प्रविधिको प्रयोग गरिरहेका छन् । जिल्लामा १८ हजार ५ सय हेक्टरमा अधिकांश कृषकले पुरानै प्रविधिबाट गहुँ काट्ने गरेपनि यस वर्षदेखि जिल्लाका केही कृषकले प्रविधि पछ्याउँदै ुकम्बाईन हार्भेष्टरु को प्रयोग गरेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए । अधिकांश युवा जनशक्ति विदेशिन बाध्य भएको अवस्थामा यो प्रविधिको प्रयोगले उत्पादन लागत घटाई हार्भेष्टिङ्ग समयको बचत भएको उनको भनाई छ ।
लक्ष्मण ढुंगाना, बर्दिया, १५ वैशाख, अन्न भण्डार मानिने बर्दियाका कृषकलाई यतिबेला गहुँबाली भित्र्याउने चटारोले भ्याई नभ्याई छ । परम्परागत किसिमले हसियाँले गहुँ काट्ने किसानहरु अब भने नयाँ प्रविधिको विकाससंगै प्रविधि पछ्याउँदै 'कम्बाईन हार्भेष्टर' को मद्दतले गहुँ काटन थालका छन् । कम समय र थोरै मेहनतमा एकैपटक गहुँ काटेर मेसिन भित्रै दाँई गर्ने सुविधा भएपछि कृषकहरुको ध्यान 'कम्बाईन हार्भेष्टर' ले खिचेको छ ।
चारैतिर कर्णाली नदीले घेरिएको राजापुर क्षेत्रमा गतवर्षदेखि पक्कीपुल बनेपछि पहिलो पटक भारतको तिकुनियाका साथै कैलालीको थापापुरबाट भाडामा 'कम्बाईन हार्भेष्टर' ल्याईएको हो ।
राजापुर क्षेत्रमा यो प्रविधि भित्रिएपछि वरपर छिमेकी गाउँबाट 'कम्बाईन हार्भेष्टर' हेर्न आएका कृषकहरुको भिड लागेको थियो । यो प्रविधिको प्रयोगले आफूहरुलाई निकै सजिलो भएको राजापुर–२, दौलतपुरका स्थानीय कृषक भोजुवा थारुले बताए । घरमा काम गर्ने मान्छे पनि नभएको अवस्थामा यो मेसिनले समयका साथै जनशक्तिको पूर्णरुपमा बचत गरेको उनको भनाई छ । 'यसअघि तीन विगाह खेतको गहुँ काट्न, दाउन एक महिना बढी समय लाग्ने गर्दथ्यो', उनले भने, 'यो प्रविधिले एक घण्टामै तीन बिगाहाको गँहु काटेर मेसिन भित्रै दाउन गरेर गहुँ भित्र्याउन सहज भयो ।' - See more at: http://aajakokhabar.com.np/np/newsDetails.php?nid=23878#sthash.ygfjHYfl.Hi4kXmlz.dpuf

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News