गैंडाकोटमा सुरु भयो कर नतिरे एनसेल बहिस्कार गर्ने अभियान

चितवन    –    राजश्व तिर्न आनाकानी गरेको भन्ने विवादमा मुछिकएको निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई राजश्व तिर्न दबाब दिने उद्देश्यले नवलपरासी गैंडाकोटका युवाहरुले बिहीबार बिहानदेखि मोबाइल फोन सेटबाट एनसेलको सीम कार्ड झिक्ने अभियान सुरु गरेका छन्।

सरकारलाई राजश्व नतिरे एनसेलको सीम पनि प्रयोग नगर्ने उनीहरुले बताए । गैंडाकोटको राइजिङ स्टार स्पोर्टस क्लबले यो अभियानको सुरुवात गरेको हो। ुकर तिर्नु सवैको दायित्व हो । राज्यलाई तिर्ने ठुलो दायित्व पुरा नगर्ने विरुद्ध हामी दवाब अभियानमा लागेका हौं । हामीले सीम संकलन सुरु गरेका छौं । स्वस्फुर्त रुपमा सीम झिक्नेहरु बढेका छन् । कर तिर्दैन भने एनसेलको सीम अब फोन सेटमा राखिदैनु, क्लबका सचिव शिव अधिकारीले भने ।

क्लबका सदस्यहरुबाट सुरु भएको यो अभियान टोलटोलमा पु¥याउने उनले बताए । ुयति ठूलो कम्पनीले कर तिरेन भन्ने सुन्दा ज्यादै दुख लाग्यो। हामी एनसेललाई जिम्मेवार बनाउने अभियानमा लागेका हौुं, क्लबका अध्यक्ष रमेश ढकालले भने। विस्तारै आफूहरुले गैंडाकोटभरी अभियान चलाउने योजना बनाएको उनले बताए । राजश्व तिर्न आनाकानी गर्दै राखे थप शैलीका कार्यक्रम पनि गर्ने उनले बताए ।

गत महिना मात्रै एनसेलको व्यवस्थापन परिवर्तन भएको छ । खरिद बिक्री प्रकृयासँगै एनसेलले कर तिर्न आनाकानी गरेको समाचार सार्वजनिक भएको हो । एनसेलले ४० अरब रुपैयाँ तिर्न नखोजेको चर्चा चल्दै आएको छ । यो चर्चासँगै एनसेललाई कर तिर्न दवाब दिनका लागि देशका अन्य भागमा पनि युवाहरुले स्वस्र्फुत अभियान चलाउन थालेका छन् ।

nagariknews

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News