सर्वाेच्च अदालतले तीनदिनको म्याद दिँदै बोलायो प्रचण्डलाई


सर्बोच्च अदालतले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई हाजिर हुन म्याद तोकेको छ । सर्वोच्व अदालतले एक आदेश जारी गर्दै उनलाई ३ दिनभित्र हाजिर हुन आदेश दिएको हो ।
 सर्वोच्च अदालतको  कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो । उनलाई अदालतको मानहानी सम्बन्धि एक मुद्दामा अदालतले उपस्तिथिको आदेश दिएको हो ।

द्वन्द्वकालिन मुद्दा ब्युताएर आफ्ना कार्यकर्ता जेल हाल्न अदालतले षड्यन्त्र गरेको भन्ने अभिव्यक्ति दिएर प्रचण्डले अदालतको अबहेलना गरेको आरोप लगाउदै दिनेश त्रिपाठीले उनीविरुद्द एक साता अघि  मुद्दा दायर गरेका थिए ।

सोहि मुद्दाको सुनुवाइ गर्दै सर्बोच्चले प्रचण्डलाई बोलाएको हो । अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल वा ५० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।
                                                                                                                                                     श्रोत ननस्टप खबर डटकम

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News