यस्ता महिलाहरू बढि सम्भोग गर्न रूचाउँछन, जान्नुहोस
सम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ ।
मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको
विषयको रुपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययन भएका छन् । केही समय
पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने,
परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी
बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले त्यसले एकपटक सोँच्न
बाध्य गराउँछ ।
शोधकर्ताहरुले सेक्सका विषयमा एउटा अर्को
सत्यको पर्दा उघारेको दाबी गरे । इण्डियाना विश्वविद्यालयका १४ देखि १७
वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधकर्ताहरुले ।
किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव,
अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले
गज्जबको निष्कर्ष निकाले ।
पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त
अध्ययनका लागि ३८७ जना किशोरीहरुको डायरीबाट रोमान्टिक तथा शारीरिक
सम्पर्कसँग जोडिएका उनीहरुको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।
शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की
जो किशोरीहरु स्कुल बंक गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल
बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाइ यौनकार्यमा
सरिक हुने दर उच्च हुन्थयो । जबकी राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा
पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौन सम्पर्कका
उपायहरु अपनाउने गरेको पाइएको थियो ।
यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका
छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र
असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने
तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई
प्रोत्साहन गर्ने गरेको छ ।
यसको खास कारण पत्ता नलागेपनि असुरक्षित
यौन सम्पर्कलाई बढावा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै
विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।
0 comments
Write Down Your Responses