बाँसगढी बजार अब्यवस्थित, खाल्डाखुल्डामा पानी जमे पछि फोहोर ।।

जेष्ठ १९ गते
बाँसगढी बजार सहरीकरण गर्नको लागी सम्भावना हुदा हुदै पनि व्यवस्थित हुन सकेको छैन । बजारलाई व्यवस्थित र सरसफाई गर्नको लागी पट्क पटक नगरपालीकामा बसेको बैठक तथा छलफलमा निर्णयहरु भए पनि कार्यान्वय हुन नसक्दा अहिले सम्म बजार व्यवपस्थित हुन सकेको छैन । बजार व्यवस्थित बनाउन नसक्दा पानी पर्ने बितिकै रोडको छेउछाउमा रहेका खाल्डाखुल्डीहरुमा पानी भरिएर बजार नै फोहोर देखिन्छ ।

बजारको मेनरोडको २५ मिटर आसपासका घुम्ति टहरा हटाउने, फोहोर मैला हटाउने, रोड भन्दा अग्लो हुने गरी माटो मटानी गर्न नपाईने जस्ता पटक पटकको नगरपालीकाको बैठकले निर्णय गर्दा पनि निर्णयहरु कागजमा मात्रै सिमित देखिन्छन ।
अहिले सम्म बजार व्यबस्थापनको नाममा फोहोर उठाउने काम मात्रै भएको देखिन्छ । फोहोर व्यवस्थापन गर्न नगरपालीकाले गर्ने कार्यहरुमा बिभिन्न सरोकारवाला निकायहरुले अग्रसरता देखाएर गिठ्ठी बालुवा हालेर मर्मत गरी पानी नजम्ने गराएमा बजार सुन्दर देखिने महिला समाजसेबी शिबकुमारी सापकोटाले बताईन ।
नेपाल राष्टिय उच्च माबि बाँसगढीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बुद्धिजिबी सबिन कुमार थापाले भने जिम्बेवार निकायहरुको गैर जिम्बेवार पनाले नै बजार व्यवस्थापन गर्न भएका निर्णयहरु कार्यान्वय हुन नसकेको बताए ।
नयाँ शक्ति निमार्ण अभियान बर्दिया जिल्ला संयोजक केशवराज पौडेलले भने बजारको व्यवस्थापन र सरसफाईको लागी सामुहिक योजना बनाउनु पर्ने बताए ।
बाँसगढी उद्योग बाणिज्य सँघका महासचिव गोबिन्द बरालले भने बजारलाई सफा र सुन्दर बनाउन उद्योगी व्यवसायहरुले पनि होस्टमा हैसे गर्नुपर्ने बताए । उनले बजारका समस्याहरुलाई नगरपालीले नै समाधान गर्नु पर्ने बताए । यसरी सबैको भनाई अनुसार सबै जिम्बेवारी नगरपालीका माथि नै थुप्रिन्छ ।
तर अहिले स्थानिय निकायमा निर्वाचित प्रतिनिधी नभए पनि राजनितिक दल, स्थानिय सरकारी कार्यालय, सामुदायिक संस्था र सरोकारवालाको निर्णय सल्लाहले स्थानिय निकायका कामहरु भईरहेका छन । त्यसैले निर्णय गर्ने निकार्य र सबै सरोकारवालाहरु अग्रसर भएर योजना कार्यान्वय तिर लागे पछि बाँसगढी बजारलाई सफा सुग्घर र व्यवस्थीत बनाउन सकिने देखिन्छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News