महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिपमुलक तालिम
जेष्ठ १९
राजनीतिक दल सम्बद्ध महिला प्रतिनिधिहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिपमुलक र आय–आर्जनका कार्यक्रमहरु संचालनमा जोड दिनु पर्ने बताएका छन् । उनीहरुले अझैंसम्म पनि विभिन्न निकायमा महिला लक्षित कार्यक्रमको बजेट महिलाको अधिकार र क्षमता विकासमा खर्च नगरी विकास निर्माणकै काममा खर्च गरिने गरिएको गुनासो गरेका छन् ।
गुुलरिया नगरपालिकाको आर्थिक सहयोग र विकासका लागि हाम्रो प्रयास नेपाल बर्दियाको आयोजना भएको सात दिने कडाई तथा पेन्टिङ्ग तालिमको समापन समारोहमा बोल्दै उनीहरुले अब महिला लक्षित कार्यक्रमहरु महिलाकै क्षमता विकासमा लगानी गरिनु पर्ने बताएका थिए । गत १२ गतेदेखि १८ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका विभिन्न वार्डहरुका २० जना महिलाहरुले कडाई तथा पेन्टिङको सिप सिकेको हाम्रो प्रयास नेपालकी उपाध्यक्ष मिथिला फुयाँलले बताउनु भयो् । तालिम अवधिभर सहभागीहरुलाई कडाई तथा पेन्टिङग सम्बन्धी स्थानीय हसिना अन्सारी र उमकुशुम शाहले तालिम दिएका थिए ।
0 comments
Write Down Your Responses