बेपत्ता व्यक्तिको छानबिन आयोगमा बर्दियाबाट ७३५ वटा उजुर

   
जेष्ठ १९    सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा बर्दियाबाट ७३५ वटा उजुरी परेको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र गैरराज्य पक्षबाट मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाको सत्यतथ्य अनुसन्धान गर्न र द्वन्द्वपीडितलाई न्याय दिन सरकारद्वारा गठित आयोगमा ती उजुरी परेको स्थानीय शान्ति समिति बर्दियाका सचिव उमेश गुप्ताले जानकारी गराउनुभएको छ । बदियामा सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५१७ वटा र बेपत्ता छानबिन आयोगमा २१८ वटा उजुरी परेको गुप्ताले जानकारी गराउनुभएको छ ।
    

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News