बर्दियामा चारवटा गाविसको एक गाउँपालिका बनाउन माग गर्दै सदरमुकाममा प्रदर्शन
असोज ९ गते
बर्दियामा चारवटा गाविसको एक गाउँपालिका बनाउन माग गर्दै सदरमुकाम गुलरियामा प्रदर्शन गरिएको छ । पदनाहा, मगरागाढी, धधबार र बनियाभार गाविसलाई मिलाएर एउटै गाउँपालिका बनाउ
न माग गर्दै त्यहाँका बासिन्दाहरुले आन्दोलन स्वरुप र्याली प्रदर्शन गरेका हुन् ।
बर्दियामा चारवटा गाविसको एक गाउँपालिका बनाउन माग गर्दै सदरमुकाम गुलरियामा प्रदर्शन गरिएको छ । पदनाहा, मगरागाढी, धधबार र बनियाभार गाविसलाई मिलाएर एउटै गाउँपालिका बनाउ
न माग गर्दै त्यहाँका बासिन्दाहरुले आन्दोलन स्वरुप र्याली प्रदर्शन गरेका हुन् ।
थारु पहाडी भाईभाई, चार गाविस हाईहाई, नगरपालिका चाहिंदैन,
चार गाविस फोड्न पाइँदैन’ भन्ने नारा लगाउँदै र्याली गुलरियाका विभिन्न
स्थानहरु परिक्रमा गरी जिल्ला विकास समितिको मुलगेटमा पुगेर धर्ना र
कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा चारवटा गाविसको छुट्टै
स्थानीय निकाय बनाउन माग गर्दै स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग
समिति समक्ष ज्ञापन पत्र पेश गरेका छन् । कार्यक्रममा संयुक्त संघर्ष
समितिका संयोजक मोहनलाल थारुले प्राविधिक सहयोग समितिका संयोजक तथा
स्थानीय विकास अधिकारी तेजराज शर्मालाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै संयोजक शर्माले एकचोटी सम्पूर्ण राजनीतिक दलहरुबीच जिल्लाको पुनःसंरचनासम्बन्धी संख्या र सिमाका बारेमा छलफल गरिने बताउनु भयो । यसैगरी गएको २ गते सानोश्रीतारातालका बासिन्दाहरुले पनि स्थानीय पुनःसंरचना सहयोग समिति तथा स्थानीय राजनीतिक दलहरुले सानोश्रीताराताल नगरपालिकालाई गुलरियामा मर्ज गर्न खोजेको भन्दै त्यसको विरोधमा ज्ञापनपत्र पेश गरेका थिए ।
स्थानीय निकाय पुनःसंरचना आयोगले बर्दियाका लागि पाँचवटा स्थानीय निकाय
बनाएर सिफारिस गर्न भनेपनि अधिकांश दलहरुले यो संख्या अप्रयाप्त भएको भन्दै
संख्या बढाउन माग गरेका छन् । जिल्लामा एमालेले पाँच वटा निकाय
बनाउन प्रस्ताव गरेको छ भने माओवादीकेन्द्र लगायत अन्य १६ वटा दलहरुले ८
वटा निकाय बनाउनका लागि सहयोग समितिमा प्रस्ताव गरेका छन् ।
0 comments
Write Down Your Responses