दसैँ, तिहार र छठमा सस्तो पसल
सरकारले दसैँ, तिहार र छठमा उपभोक्तालाई राहत दिन काठमाडौं उपत्यकाका ११ र अरु २५ जिल्लाका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्टट्रेडिङ र नेशनल ट्रेडिङले आउँदो शनिबार देखि नुन, चिनी र चामलमा सहुलियत दिनेछन् ।
बुधबारको मन्त्रिपरिषद्को निर्णय अनुसार पहाडी जिल्लामा नुन प्रतिकिलो ९ रुपैयाँमा नै उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो १० र चिनीमा पाँच रुपैयाँ छुट दिइनेछ । अरु जिल्लामा भने चिनी र चामलमा पाँचरुपैयाँ र नुनमा दुई रुपैयाँ छुट दिने निर्णय भएको छ ।
छुट खुद्रा पसलमा पनि लागु हुन्छ । सरकारले तोकेअनुसार खुद्रा पसलमा छुट नपाए उपभोक्ताले प्रहरीमा खबर गर्न सक्ने सरकारले जनाएको छ ।
दसैँ, तिहार र छठमा सस्तो पसल
सरकारले दसैँ, तिहार र छठमा उपभोक्तालाई राहत दिन काठमाडौं उपत्यकाका ११ र
अरु २५ जिल्लाका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
साल्टट्रेडिङ र नेशनल ट्रेडिङले आउँदो शनिबार देखि नुन, चिनी र चामलमा
सहुलियत दिनेछन् । बुधबारको मन्त्रिपरिषद्को निर्णय अनुसार पहाडी जिल्लामा
नुन प्रतिकिलो ९ रुपैयाँमा नै उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो १० र
चिनीमा पाँच रुपैयाँ छुट दिइनेछ । अरु जिल्लामा भने चिनी र चामलमा
पाँचरुपैयाँ र नुनमा दुई रुपैयाँ छुट दिने निर्णय भएको छ । छुट खुद्रा
पसलमा पनि लागु हुन्छ । सरकारले तोकेअनुसार खुद्रा पसलमा छुट नपाए
उपभोक्ताले प्रहरीमा खबर गर्न सक्ने सरकारले जनाएको छ ।
- See more at: http://radiobheriganga.com.np/site/news-details/56/0000-00-00#sthash.39mRaezU.dpuf
0 comments
Write Down Your Responses