पुरुषले बच्चा जन्माउन अबदेखि महिला नै नचाहिने!
एजेन्सी ।
बैज्ञानिकहरुले अव महिला विना नै पुरुषले
बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक
अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ ।
बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक
अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए
। यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो ।
शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् ।
यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट
भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि
रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ ।
0 comments
Write Down Your Responses