बर्दिया जिल्लामा क्रिकेट प्रतियोगिता

धेरै समय देखि बर्दिया जिल्लामा क्रिकेट प्रतियोगिता सुन्य अवस्था रहेको बेला राजापुरमा यहि कार्तिक १५ गते देखि कार्तिक २५ गते सम्म इण्डो–नेपाल क्रिकेट टुर्नामेन्ट हुने भएको छ । यूथ क्रिकेट क्लव राजापुर द्धारा गरिन लागिएको क्रिकेट प्रतियोगितामा भारतका ४,  बर्दिया र कैलालीका १२ गरि १६ वटा टिमको सहभागिता रहने जानकारी टुर्नामेन्टका संयोजक सागर सेनले बताउनु भयो । प्रतियोगिताबाट भारत र नेपालको क्रिकेट संबन्ध बढ्ने साथै यस क्षेत्रको क्रिकेट विकासमा राम्रो टेवा पुग्ने समेत संयोजक सेनले बताए ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News