पछिल्लो समयमा थारु समुदायको संस्कृति झल्कने थारु नाचहरु हराउदै गईरहेका छन् । थारु जातिको बाहुल्यता रहेको बाके, बर्दिया, दाङ ,कैलाली र कञ्चनपुरमा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ । तर पछिल्लो समय नया पुस्ताको आधुनिकिकरणसंगै सामिप्य बढ्दै गएदेखि आफ्नो संस्कृतीको
पहिचान दिलाउने थारु नृत्यहरु लोप हुदै गईरहेको थारु अगुवाहरु बताउछन् । थारु समुदायले आफुले मनाउने हरेक चार्ड पर्व , महोत्सव मेलामा विभिन्न खाले गीतहरु गाउने गर्दछन् । अघिपछि भन्दा दशैंको समयमा थारु समुदायले आफ्नो गाउँघरमा आफन्तहरु जम्मा भई थारु गीत गाउने र नाच्ने गर्दछन् । थारु समुदायमा महुतिया नाच, छोक्रा नाच, झुम्रा नाच, दशौरा नाच, मघौटा नाच, डेवारी नाच, सखिया नाच, लठहवा नाच लगाएतका नाच समय अनुसार कर्ना गर्दछन् । तर पछिल्लो समय नयाँ पुस्ताले विर्सन थालेपछि थारु संस्कृती र पहिचान क्रमश हराउँदै जान थालेको छ
थारु समुदायको संस्कृति झल्कने थारु नाचहरु हराउदै
हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.



0 comments
Write Down Your Responses