बर्दिया जिल्लाको शान्ति सुरक्षा कायम गर्ने प्रजिअ कुँवरको प्रतिबद्धता ।।
क्षितिज पौडेल, बाँसगढी बर्दिया
- बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कँुवरले तस्कर, जुवातास, लागुपदार्थ, घरेलुहिंसा, करणी, कृषि, स्वास्थ्य शिक्षा, जेष्ठ नागरिक लगायतका समस्यालाइ आगामी दिनमा समधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । बर्दियाको बाँसगढी सनिबार जिल्ला प्रहरी कार्यलय बर्दियाले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रम यस्तो प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कुँवरले बर्तमान अबस्थामा पेट्रोलियम पदार्थको चपेटामा बर्दिया जिल्ला पनि परेकोले सो समस्या सामधान गर्न जिल्ला प्रसासन कार्यालय पूर्ण रुपमा लागि परेको उहाँले बतानु भयो । उहाँले बाँसगढी नगरबासीहरुलाई धन्यबाद दिदै यस क्षेत्रका बासिन्दा,राजनीतिक दल लगायतको सक्रियता र पहलले बाँसगढीमा नै गृहमन्त्रालयले इलाका प्रसासन कार्यलय राख्ने निर्णय गरेको बताउनु भयो । जिल्ला प्रमुख कँुवरले आफु पनि राष्ट्र सेवकको हैसियतले ईलाका प्रशासन कार्यालय स्थापनाका आँफु लागि परेको बताउदै यही आर्थिक वर्ष भित्रमा कार्य संचालन गरिसक्ने समेत जानकारी दिनु भयो । यस्तै सार्बजनिक सुनुवाई कार्यक्रमको सभापतित्वको आसन बाट बोल्दै जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रमुख गोबिन्द राम परियारले आफुहरु जिल्ला प्रमुखको निर्देशन अनुसार जनताको सेवा र सुरक्षामा निरन्तर लागि परेको बताउनु भयो । अपराध नियन्त्रण, अपराध अनुसन्धान, खान तलासी गर्दा निष्पक्ष तवरले गरेको जानकारी गराउदै उहाँले जिल्ला प्रहरी कार्यलय बर्दियाले सधै जनताको सहयोग र साथको अपेक्षा गरेको बताउनु भयो । प्रहरी प्रमुख परियारले जिल्ला प्रहरी कार्यलय बर्दियाबाट जारि गरिएको पच्चीस बँुदे कार्ययोजनाको सात महिना भित्रमा अबैध मधिरा दुइ लाख पचास हजार रुपैयाँ बराबर सम्मको नष्ट,अबैध काठ पक्राउबाट २५ लाख ५३ हजार ६ सय ९० रुपैयाँको, भन्सार चोरी पैठारी बाट ४४ लाख ४१ हजार ६ सय ९९ गरि जम्मा एक करोड ८ लाख ४९ हजार ७ सय ९ रुपैँया रकम बराबरको कारबाही बर्दिया जिल्लाका प्रहरी कार्यलय मार्फत गरीएको बताउनु भयो । कार्यक्रममा थप बोल्दै उहाँले अपराध नियन्त्रण गर्न जनता बाट सुचनाको अपेक्षा गरेको र काम कारबाही अगाडी बढाउन जनता साध्य र प्रहरीहरु साधनको रुपमा रहेको बताउनु भयो । कुनै किसिमको जानकारी तथा सुचना भयमा सामाजिक संजालको सहि प्रयोगगरि आफुहरुलाई समेत जानकारी गराउन सकिने परियारले जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थित रहेका बक्ताहरुले इलाका प्रहरी कार्यलय मोतिपुर बाट शान्ति सुरक्षा बलियो भएको बताउदै बाँसगढी नगरबासिहरुले सुरक्षाको अनुभूति गरेकोले बक्ताहरुले प्रहरी तथा जिल्ला प्रशासनलाई सुभकामना तथा धन्याबाद ज्ञापन गरेका थिए । सार्बजनिक सुनुवाई कार्यक्रमको स्वागत मन्तब्य ईलाका प्रहरी कार्यलयका प्रमुख श्यामजंग साहले दिनु भयको थियो भने कार्यक्रमको बिशेस अतिथि रास्ट्रिय अनुसन्धान आयोग बर्दिया जिल्लाका उप अनुसन्धान निर्देशक नन्दकुमार धिताल रहनु भयको थियो । कार्यक्रममा बिभिन्न राजनीतिकदल, बुद्धिजिबी ,समाजसेवी, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।



0 comments
Write Down Your Responses