अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका
निलम्बित अध्यक्ष सेप ब्लाटरले सन् २०१८ को विश्वकप आयोनाको जिम्मेवारी
रुसलाई दिने सहमति मतदान हुनुपूर्व नै भएको बताएका छन् । विश्वकप आयोजनाको जिम्मेवारी कसलाई दिने भनेरमतदान
हुनुपूर्व नै सन् २०१८ को विश्वकप रुपमा गर्ने सहमति भएको ब्लाटरको भनाई छ
। यस्तै सन् २०२२ को विश्वकप अमेरिकामा गर्ने पूर्वसहमति भएपनि अन्तिम
समयमा भएको परिवर्तनका कारण कतारले मौका पाएको ब्लाटरले बताए ।
ब्लाटरका
अनुसार पूर्वसहमतिमा सन् २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी अमेरिकाले
पाउनुपर्ने थियो । युरोपको चार भोट अन्तिम समयमा कतारको पक्षमा गएपछि सन्
२०२२ को विश्वकप आयोजनाको जिम्मा कतारले पाएको ब्लाटरको दाबी छ ।
सन्
२०१८ तथा २०२२ को विश्वकप आयोनाको जिम्मेवारी दिनेक्रममा आर्थिक चलखेल
भएको भन्दै स्वीजरल्याण्डका अधिकारीहरुले छानबिन गरिरहेका छन् । ब्लाटर
अहिले ९० दिनको निलम्बनमा छन् । उनीमाथि आर्थिक चलखेल गरेको आरोप लागेको छ ।
उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
फिफाको नयाँ अध्यक्ष चयनका लागि आउँदो वर्षको फेब्रुअरी २६ मा चुनाव
हुँदैछ ।सात जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको फिफाले जनाएको छ ।
विश्वकप २०१८ आयोजनाको जिम्मा मतदान अघि नै रुसलाई दिने तय थियो : ब्लाटर
हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.



0 comments
Write Down Your Responses