४०दिनदेखि बन्द वीरगन्ज नाका खुल्याे, प्रहरीले प्रदर्शनकारीलाई हटायो

मधेसी मोर्चाका कारण बन्द
वीरगन्जको रक्सौल नाका सोमबार बिहान
५ बजेबाट खुलेको छ ।
नेपाल प्रहरीले करिव बिहान साढे चारदेखि
धर्नामा बसिरहेका प्रदर्शनकारीलाई
हटाउन सुरु गरको थियो । सुरुमा
प्रदर्शकारीबाट ढुंगामुढा गर्ने प्रयास पनि
भएको थियो । तर उनीहरु निकै न्युन
संख्यामा रहेको र प्रहरीको संख्या
अत्याधिक रहेका कारण प्रहरीले
प्रदर्शकारीलाई हटाउन सफल भएको हो ।
प्रहरीले थाेरै संख्यामा रहेका
प्रदर्शनकारीलाई हटाएर नाका सुचारु
गरेकाे हाे । प्रदर्शनकारीले धर्नामा बस्न
दशगजा क्षेत्रमा नै गाढेका त्रीपाललाई
उखलेर फलेकाे थियाे ।
नेपाल प्रहरीले प्रदर्शनकारीलाई
धर्नास्थलबाट हटाउन सुरु गरेपछि भारतीय
सीमा सुरक्षा बल तथा भारतीय प्रहरीले
पनि नाकामा बन्दोवस्ती अवस्थामा
नाकामा बसेर सहयोग गरेका थिए ।
अहिले नेपाल तर्फ रोकिएका १७० बढी ट्रक
भारत प्रवेश गरिसकेका छन् भने अन्य गाडी
तथा ट्रक भारत छिर्न लामबद्ध छन् ।
नेपालबाट गाडीहरु भारत प्रवेश गरे पनि
भारतबाट भने कुनै पनि गाडी नेपाल प्रवेश
गरेका छैनन् । नेपाली भन्सारका
अधिकारीका अनुसार भारतीय भन्सार
सामान्यतय ८–९ बजे बिहान मात्रै खुल्छ ।
त्यसपछि मात्रै भारत तर्फबाट पनि नाका
खोलिएको हो हैन निश्चित हुन्छ ।
रक्सौल (भारत) भन्सार सुपरिटेन्डेन्ट
अरुणकुमार रजतका अनुसार नाका क्लियर
भएको अवस्थामा भारतबाट पनि गाडीहरु
नेपाल पठाइने छन् । ‘भारत तर्फ रोकिएका
मालवाहक सवारी साधान, इन्धन बोकेका
ट्यांकर तथा बुलेट आज नेपाल पठाइने छन्,’
उनले भने, ‘नाकामा अवरोध नभएको
स्थितिमा गाडी रोक्नुको कुनै औचित्य छैन
।’
नाका अवराेध हुनु अगावै नेपाल प्रवेश
गरेका सयाैं भारतीय ट्रक तथा कन्टेनरका
चालकहरु अान्दाेलन चर्किएपछि नेपालमा
अलपत्र परेका थिए । उनीहरुले केही दिन
यता भारतीय महावाणिज्य दूतावास अघि
अाफूहरुकाे सुरक्षित देश फिर्ताकाे माग गर्दै
धर्ना समेत दिएका थिए । साथमा भएकाे
पैसा सबै सकिएका कारण भाेकभाेकै
रहनुपरेकाे उनीहरुकाे दाबि थियाे ।
प्रहरीले पुन: नाकामा प्रदर्शनकारी जम्मा
नहुन भनेर वीरगन्जको रजत जयन्ती
चोकबाट नै मानिसहरुलाई नाका तर्फ आउन
दिएको छैन । भारत तर्फ जाने यात्रु भएको
खुलेपछि परिचयपत्र हेरेर मात्रै प्रहरीले
सर्वसाधारणलाई नाका तर्फ जान दिएको
छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News