»
बुद्धिमानको बुद्धि फेरिएपछि
बुद्धिमानको बुद्धि फेरिएपछि
बुद्धिमानको बुद्धि फेरिएपछि
प्रभात सुवेदी । कात्तिक १७, बर्दिया ।
सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा निःशुल्क कानुनी सहायता
सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘बुद्धिमानको बुद्धि फेरिएपछि’ आज
सदुरमुकाम गुलरिया स्थित राधाकृष्णचोकमा प्रदर्शन गरिएको छ ।
समाजमा हुने गरेका हिंसाबाट पीडित व्यक्तिहरुका लागि कानुनी परामर्श तथा
सेवालाई राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि धरै व्यक्तिहरुलाई
यसका बारेमा जानकारी नभएका कारण समस्या लुकाइ बस्ने गरेको पाइएकोले पनि
यसले आम जनमानसमा सन्देश पु¥याउन यो नाटक प्रदर्शन गरिएको हो ।
हाल नेपालको राजधानीमा केन्द्रिय कानुनी सहायता समिति र ७५ जिल्लामा जिल्ला
कानुनी सहायता समितिहरु रहेका छन् । जस अन्तर्गत सामुदायिक कानुनी सहायता
केन्द्रहरु स्थापना गरिएका छन् । बर्दिया, सुर्खेत, देलेख, कैलाली,
डडेल्धुरा लगायत १० ओटा जिल्लामा यस प्रकारको सेवा प्रदान गर्दै आएको
केन्द्रले जनाएको छ । आउँदो पौष महिनादेखि यो कार्यक्रम थप ५ जिल्लामा
विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।
घरेलु हिंसा, बलात्कार, चेलिबेटी बेचविखन, जबरजस्ती करणी, कुनै पनि
प्रकारका सामाजिक विभेद लगायतका मुद्धाहरुमा निःशुल्क रुपमा कानुनी सेवा
उपलब्ध गराइने र यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले उपलब्ध गराउने
साथै यसमा पीडित व्यक्तिहरुलाई सहयोग गर्ने सहयोगी व्यक्तिलाई समेत यातायात
तथा खानेबस्ने सुविधा उपलब्ध गराइने नाटको सन्देश रहेको थियो । घरेलु
हिंसामा परी घाइते भएकाहरुको लागि समेत उपचारका लागि समेत रकम उपलब्ध
गराउने व्यवस्थाका बारेमा नाटकमा बताइएको थियो ।
कृष्ण शाह यात्रीको कथा लेखन, प्रभात सुवेदीको निर्देशन रहेको यो नाटकमा
शारदा खड्का, अच्युत सुवेदी, अमृता भण्डारी, रामप्रसाद लामिछाने, सुदन
लम्साल लगायतका कलाकारहरुको भूमिका रहेको थियो ।
Labels:
0 comments
Write Down Your Responses