बर्दिया प्रहरीले ७ सय लिटर बढि अबैध पेट्रोलियम पदार्थ बरामद गर्यो
बर्दिया प्रहरीले गणेशपुरबाट ७ सय लिटर भन्दा बढि अबैध पेट्रोलियम पदार्थ बरामद गरेको छ । प्रहरीले शनिबार राती दुई पटक गरि ७ सय २५ लिटर अबैध पेट्रोलिय पदार्थ बरामद गरेको हो ।
अवैध रुपमा भारतीय नाकाबाट ल्याई अन्यत्र कतै लैजान लागेको अबस्थामा बर्दियाको महम्मदपुर गा.बि.स. वडा नं १ गणेशपुरपुरबाट पेट्रोलिय पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी नायव निरिक्षक सुधिर खड्काको कमाण्डमा खटिई गएको गस्ती टोलीले राती १० बजेको समयमा लालपुरको बाटोमा एक ड्रम र तीनवटा ग्यालीनमा रहेको अन्दाजी १ सय २५ लिटर डिजेल फेलापारी बरामत गरेको बताइएको छ ।
त्यसैगरि सोही स्थानबाट राती एक बजेको समयमा प्रहरी चौकी महम्मदपुरबाट प्रहरी.साहायक.निरिक्षक राज कुमार सिंहको कमाण्डमा खटिएको टोलीले उक्त स्थानबाट १२ ड्रममा रहेको अन्दाजी .६ सय लिटर फेला पारी बरामद गरेको र बरामद गरिएको सबै डिजेल जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याइएको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses