सामुदायिक मेलमिलाप गाबिसलाई नै हस्तान्तरण

बर्दियाको कालिका गाँउ बिकास समितिमा सञ्चालन गरिदै आएको सामुदायिक मेलमिलाप कार्यक्रम आज गाबिसलाई नै हस्तान्तरण गरिएको छ । विगत २ वर्ष देखि कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को प्राविधिक सहयोगमा संचालन हुदै आएकोमा हाल गा.बि.स. स्यमले नै संचालन गर्न सक्ने भै सकेकोले गा बि.स मार्फत मेलमिलाप सेवा प्रदान तथा निरन्तरताका लागि कालीका गा.बि.स.लाई हस्तान्तरण गरिएको हो । 

सामुदायिक मेलमिलाप कार्यक्रम हस्तान्तरण कार्यक्रममा सामुदायिक मेलमिलाप कार्यक्रमको सस्थागत विकास र प्रभावकारिताका लागि कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का क्षेत्रिय कार्यक्रम संयोजक चेतराज भट्ट द्धारा गा.बि.स. अध्यक्ष एवं सचिव बाशुदेव अधिकारी लाई रु ५०,०००।– को चेक हस्तान्तरण गरिएको थियो ।यस्तै कार्यक्रममा गा.बि.स. स्थित सरोकारवला निकायको हस्ताक्षर सहितको सामुदायिक मेलमिलाप केन्द्र हस्तान्तरण सम्झौता पत्र सहभागीहरु बिचमा वाचन गरी सेलर्डका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछाने हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा बिभिन्न राजनितिकदलका प्रतिनिधिहरु, वडा नागरिक मञ्च, ईलाका प्रहरी कार्यालय, वडघर, बुद्धिजिवीहरु तथा मेलमिलाकर्ताहरुले शुभकामना मनतब्य दिदै मेलमिलाप कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने र स्रोत व्यवस्थापनमा समेत ध्यान दिने कुरा व्यक्त गरेका थिए । सो सामुदायिक मेलमिलाप कार्यक्रम हस्तान्तरण कार्यक्रममा ५० जनाको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News