बाँसगढी नगरपालीकाले बजार एरीयाको फोरमैला ब्यबस्थपन गर्ने ।।

बाँसगढी नगरपालीका कार्यालयले प्रत्येक सनिबार बिहान नगरपालीका भित्रका बजार एरीयाको फोरमैला ब्यबस्थपनको लागि संकलन गर्ने भएको छ । 

नगरपालीकाले आज एक सुचना प्रकाशन गरी नगरबासीहरुलाई आ आफ्नो घरपसलबाट निस्केको फोरमैलालाई नजलाई एकठाँउमा जम्मा गरेर राख्न अग्रह पनि गरेको छ । 

प्रत्येक सनिबार बिहान आउने फोहर उठाउने गाडीमा आफ्नो घर पसल अगडी रहेको फोरमैला उठाई सहयोग गरी दिनको लागि सम्पुर्ण नगरबासीहरुलाई नगरपालीका कार्याललयले अनुरोध गरेको छ । 

घर, पसल तथा मेडिकलबाट निस्केको सिसा बोतलहरु तथा सिसा जन्य पदार्थलाई स्यम आफैले नै ब्यबस्थापन गर्नु पर्ने कुरा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखदबहादुर खड्काले जानकारी गराउनु भएको छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News