News
»
बर्दियाको पुर्व योजना तर्जुमा गोष्टी सम्पन्न ।।
बर्दियाको पुर्व योजना तर्जुमा गोष्टी सम्पन्न ।।

जिल्ला विकास समिती बर्दियाको आ.ब. २०७३ ।०७४को पुर्व योजना तर्जुमा गोष्टी
आज सम्पन्न भएको छ । व्यवस्थापिका संसदका सदस्य असिम अलि सिद्धिकी विशिष्ट
अथिति रहनु भएको योजना तजुमा गोष्टीमा दिगो व्यवसायिक कृषि तथा पशुपालन
,पर्यटन एवं विकास ,शिक्षा, स्वास्थ्य ,स्थानिय पुर्वाधार विपत जोखिम
न्युनिकरण तथा व्यवस्थापन, सामाजिक समावेसि र सशक्तिकरण, सेवा प्रवाहको
प्रभावकारिता, कार्यक्रममा दोहोरोपन आउन नदिने, बाल मैत्रि बतावरण मैत्रि
स्थानीय सासन कार्यक्रमलाई प्रथमिकता लगाएतको २० ओटा योजनाहरु प्रस्तुत
गरीएको थियो । गा.वि.स. वा जि.वि.स.ले योजना सम्पन्न गर्ने र स्थानीय
स्तरमा द्धन्द्ध सिर्जना गर्नू भन्दा पहिलै कुनै पनि गा.वि.स वा
नगरपालिकाको योजना छनौट गर्दा परम्परागत संगठनका अगुवा बरघर, मुखियाहरुको
प्रतिनिधित्वमा योजना छनौट गर्दा पारदर्शी जनसहभागितात्मक हुनुका साथै
अपनत्व पनि बढ्रने सुझाव दिएका थिए । कार्यक्रम स्थानिय विकास अधिकारी
तेजराज शर्माको अध्यक्षतामा भएको हो ।
0 comments
Write Down Your Responses