सेवा केन्द्र स्तरिय एलाईन्स कार्यक्रम सम्पन्न ।।
मंसिर १५,
बर्दियाको बाँसगढीमा आज सेवा केन्द्र स्तरिय एलाईन्स कार्यक्रम सम्पन्न भएको छ । कृषि सेवा केन्द्र मैनापोखरको सहयोगमा बाँसगढी नगरपालीका स्तरिय कृषि समन्वय समिति बाँसगढीको आयोजनामा कार्यक्रमा भएको हो ।
कार्यक्रममा कृषि सम्बन्धी जानकारी, बिभिन्न बिउ बिजन सम्बन्धी जानकारी, एग्रोभेटहरुमा राखिएका बिउ बिजन लगायत औषधी व्यबस्थित तरिकाले राख्ने लगायतका बारेमा जानकारी गराइएको थियो कृषि क्षेत्रलाई अगाढी बढाउदै कृषकहरुको उन्तती प्रगतीका साथ किसानहरुको जिवन स्तरलाई कसरी उकास्न सकिन्छ भन्ने लगायतका बिषयमा जानकारी साथै बिस्तृत छलफल गरिएको थियो ।
बाँसगढी नगरपालीका स्तरिय कृषि समन्वय समितिका संयोजक तिलक हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नगर स्तरिय सहकारी सञ्जालका संयोजक खड्क बहादुर खड्का बिशेष अथिति कृषि बिशेषज्ञ रामचन्द्र घिमिरे रहनु भएको थियो ।
त्यस्तै अन्य अथितिहरुमा जिल्ला कृषि बिकास कार्यालयका कृष्ण बहादुर बिष्ट, लिबडका प्राबिधिक साहयक फुलकुमारी राई लगायत अथिति रहेका थिए । बाँसगढी सेवा केन्द्रका सम्पर्क व्यक्ति बसन्तध्वज थापाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने बिशेष अथिति रामचन्द्र घिमिरेले कृषि सम्बन्धी जानकारी प्रजेक्टरमा प्रस्तुत गर्नुभएको थियो ।



0 comments
Write Down Your Responses