परिबर्तन दलित महिल बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दिया, मंसिर १५
बर्दियाको बाँसगढीमा रहेको परिबर्तन दलित महिल बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारी संस्थाले आर्थिक बर्ष २०७१।७२ मा ३८ लाख ९ सय ९३ बराबरको कारोबार गरेको संस्थाका व्यबस्थापक कल्पना तिवारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संस्थाका सदस्यहरुको हितलाई ध्यानमा राखि आर्थिक स्तर र बिकासमा सुधार ल्याउन आगामी सुबिधा बिस्तार गरी अगाढी बढाउने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक बर्ष २०७१।७२ मा संस्थाले गरेको प्रगति प्रतिबेदन र आमागी आर्थिक बर्षको योजना संस्थाका अध्यक्ष भुमि बिकले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अथिति कारितास नेपालका कार्यक्रम संयोजक खम्बहिस बस्नेत, बिशेष अथिति दलित सेवा संघ केन्द्रिय कार्यालयका पुर्व महासचिव तथा दलित दिगोबिकास सहकारी संस्थाका प्रबन्धक ईश्वरी प्रसाद बिश्वकर्मा, अन्य अथितिहरुमा दलित सेवा संघ क्षेत्रिय उपाध्यक्ष अमर बिक, दलित सेबा सँघ बाँकेका अध्यक्ष कृष्ण बिश्वकर्मा, बिभिन्न सहकारी संस्थाका प्रतिनिधी, राजनितिक दल लगायत रहेका थिए ।
कार्र्यक्रममा संस्थाको स्थापना काल देखि सहयोग गर्दै आएका ५ संस्थालाई कदरपत्र, संस्थामा नियम अनुसार रिणको साँवा र व्याज बुझाउने ५ समुहलाई बिशेष पुरस्कार दिईएको थियो । त्यस्तै संस्थामा सक्रिय रुपमा लागेका २ जना बिमामाया नेपाली र गोल्मा बिक र संस्थामा सबै भन्दा बढी शेयर खरिद गर्ने फगन चौधरीलाई कार्यक्रममा दोसल्ला ओराएर समान गरिएको थियो ।
कारितास नेपालले सहयोग गर्दै आएको संस्थाको आजको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष भुमि बिकले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष खिमा बिकले गर्नुभएको कुरा शुभेक्षाले जानकारी गराउनु भएको छ ।



0 comments
Write Down Your Responses