कृष्णसार संरक्षणका बर्दियामा उच्चस्थली निर्माण

मंसिर १५,

लोपोन्मुख बन्यजन्तुको रुपमा रहेको कृष्णसार संरक्षणका लागि बर्दियाको खैरापुरमा उच्चस्थली निर्माण गरिएको छ । बाढी र डुवानको संभावनलाई मध्यनजर गर्दै कृष्णसार संरक्षेण क्षेत्रमा पाँच वटा उच्चस्थली निर्माण गरिएको हो । कृष्णसार संरक्षण क्षेत्रमा एक मिटर उचाइँ ५६ सय बर्ग्मिटर चौडाइँको एउटा र ९ सय बर्ग्मिटरका चार वटा गरि पाँच वटा उच्चस्थली निर्माण गरिएको बताइएको छ । 

गैह्र सरकारी संस्था डब्लु डब्लु एफ नेपालको हरियो बन कार्यक्रम अन्तरगत २३ लाख रुपैयाँको लागतमा उच्चस्थली निर्माण गरिएको हो । गत बर्ष साउन अन्तिम साता गएको बाढीका कारण कृष्णसार संरक्षण क्षेत्रमा ४० वटा कृष्णसार बगेर हराएका थिए । 

कृष्णसार संरक्षण क्षेत्रको मैदानमा जताततै बाढी पसेपछि मुस्किलले अरु कृष्णसारहरु बचाइएको कृष्णसार संरक्षण क्षेत्रका एक कर्मचारीले बताएका छन । गत बर्षको बाढी जस्तै आगामी दिनमा आउन सक्ने संभावित समस्यालाई मध्यनजर गर्दै विभिन्न ठाउँमा एक मिटर अग्ला उच्चस्थली निर्माण गरिएको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ । यदि बाढी आएको खण्डमा कृष्णसारहरु उच्चस्थलीमा गएर सुरक्षित रुपमा बस्न सक्ने छन् । 

कृष्णसार संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण गरिएपछि लोपोन्मुख रुपमा रहेको कृष्णसारको दिगो ब्यबस्थापन र संरक्षण हुने बिवश्वास ब्यक्त गरिएको छ । खैरापुरमा हाल पोथी १ सय ३३, भाले ५५ र बच्चा ५३ वटा गरि जम्मा २ सय ४१ वटा कृष्णसारहरु रहेका छन् । 

तराईकै पहिलो संरक्षण क्षेत्र मानिने बर्दियाको खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्र १६ दशमलब ९५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बर्षा याममा आउन सक्ने बाढी र डुवानको समस्यालाई मध्यनजर गर्दै बनाइएका उच्चस्थलीमा जम्मा भएर कृष्णसारहरु रमाउन सुरु गरेका छन् ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News