बर्दियामा पनि २८ औ एड्स दिवस मनाईयो ।।
मंसिर १५,
एड्सको महामारीको अन्त्य, दीगो विकासको लक्ष्य भन्ने नारा सहित बर्दियाको सदरमुकाम गुलरियामा २८ औ एड्स दिवस उल्लास पूर्वक मनाईएको छ । जिल्ला एड्स समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा जिल्ला विकास समिति, सहयोगी हात नेपाल, परिवार नियोजन संघ, असहाय सेवा संघ, निल हिरा समाज, एनसार्क, बर्दिया मेडीकल ईन्सिटिच्युट लगायतका कार्यालय तथा संघसंस्था हरुको सहकार्यमा एड्स दिवस मनाईएको हो । जिल्ला अस्पताल बर्दियाको प्रांगणबाट निक्लिएकोे प्रभातफेरी अस्पतालमा एक कार्यक्रम गरी समापन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी र जिल्ला स्वास्थ्य प्रमुखले सभालाई सम्वोधन गर्दै एचआई एड्स रोक्न सवै लाग्नु पर्ने वताएका छन् । बर्दिया जिल्लामा प्रवासी कामदार र तिनका परिवारहरुमा एचआईभी देखिएको एचआईभी फोकल गिता घिमिरेले वताउनु भयो । बर्दियामा २ सय २९ जना एचआईभी संक्रमित रहेको उहाले बताउनु भयो । त्यस्तै एचआईभी एड्सका बारेमा चेतनामूलक नेपाली कथानक चलचित्र अध्यारोवस्ती गुलरियामा प्रर्दशन हुने भएको छ । सहयोगी हात नेपाल बर्दियाको लगानीमा निर्माण गरिएको नरेन्द्र श्रेष्ठको लेखन तथा निर्देशनमा सम्पन्न चलचित्र एड्स दिवसको अवशर पारेर मंसिर १९ गते प्रर्दशन गर्न लागिएको हो । स्थानिय कलाकार महेन्द्रराज आचार्य तथा नायिका विष्णु केसीको प्रमुख भुमिका रहेको चलचित्र करिव साढे २ घण्टा समय अवधिको रहेको सहयोगी हात नेपालका कार्यालय प्रमुख दुर्गा आचार्यले वताउनु भयो । २ लाख ६० हजार रुपैयाको लागतमा निर्माण गरिएको चलचित्रलाई युएनडीपी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला विकास समिति बर्दिया, गुलरिया नगरपालिका लगायतका निकायहरुले सहयोग गरेको उहाले बताउनु भयो । च्यारिटिका रुपमा प्रर्दशन गर्न थालिएको उक्त सचेतनामूलक चलचित्रमा एडआईभी एड्स, लागुऔषध, चेलीवेटी वेचविखन लगायतका विषयवस्तुमा केन्द्रित रहेको जनाईएको छ । शिवशंकर पिक्चर प्यालेस गुलरियाको पर्दामा चलचित्रको एचआईभी संक्रमितहरुको सहयोगका लागि टिकट दर २ सय र १ सय रुपैया तोकिएको प्रमुख आचार्यले वताउनु भयो । बर्दिया जिल्लामै पहिलो पटक निर्माण भएको नेपाली चलचित्रमा एचआईभी संक्रमित हरुले पनि अभिनय गरेकाले एचआईभी एड्सको सचेतना क्षेत्रमा पनि चलचित्र अध्यारोवस्ती नेपालकै लागि ऐतिहासिक भएको निर्माणकर्ता सहयोगी हात नेपालले दावी गरेको छ ।



0 comments
Write Down Your Responses